धादिङ, ७ मंसिर
धादिङमा ट्रिफर र कार ठोकिदा एक जनाको ज्यान गएको छ। गजुरी गाउँपालिका–५ गलौदि स्थित पृथ्वी राजमार्गमा ट्रिफर कार एक आपसमा ठोकिँदा त्रिपुरा सुन्दरी गाउँपालिका स्थित सल्यानटारका २४ वर्षिय दिपेश केसीको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ।
मुग्लिनबाट काठमाडौ तर्फ जाँदै गरेको बा २ ज २३५६ नम्बरको कार र विपरीत दिशाबाट आउदै गरेको बा ४ ख ८१४३ नम्बरको ट्रिफर आज (आईतबार) बिहान ६ः२५ बजे एकआपसमा ठोकिएर दुर्घटना भएको हो
उक्त दुर्घटनामा परि अन्य ३ जना घाईते भएछन् घाईते मध्ये दाङ जिल्ला शान्तिनगर नगरपालिका ९ बस्ने ३८ वर्षिय वर्षा केसी र कलङ्की बस्ने सुधिर सुवेदी गम्भीर घाईते छन् भने अर्का १ जना सामान्य घाईते भएको प्रहरीले जनाएको छ। घाईतेको गजुरी सामुदायिक हस्पिटलमा सामान्य उपचार पछि काठमाडौ ट्रमा सेन्टर रिफर गरिएको छ।