धादिङ, ७ मंसिर
अवैध लागुऔषध सहित कास्की प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
धादिङको बेनिघाट रोराङ गाउँपालिका–४ घर भएका २९ वर्षीय सिताराम गुरुङलाई लागुऔषध सहित कास्की प्रहरीले पक्राउ गरेको हो।
प्रहरीका अनुसार गुरुङले पोखरा महानगरपालिका वडा नं –९ पृथ्वीचोक स्थित ‘बिश्राम खाजा घर एण्ड गेष्ट हाउस’मा बसेर लागुऔषधको कारोबार गरिरहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीको टोलीले शनिबार राती उनलाई पक्राउ गरेको हो।
प्रहरीले गुरुङ बसेको उक्त गेष्ट हाउसको १०८ नम्वरको कोठा खान तलासी गर्दा कालो झोलामा लुकाई राखेको १ किलो ५ सय ग्राम अवैध लागुऔषध ‘पोल्याण्ड’ वरामद गरेको थियो । प्रहरी नियन्त्रमा रहेका गुरुङमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।