Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

हल खुलेपछि कुन फिल्म रिलिजको तयारीमा छन् प्रदर्शक ?

हल खुलेपछि कुन फिल्म रिलिजको तयारीमा छन् प्रदर्शक ?

इच्छाकामना न्युज

१५, आश्विन २०७७
हल खुलेपछि कुन फिल्म रिलिजको तयारीमा छन् प्रदर्शक ?

नेपाल सरकारले केही दिन अगाडि मात्र हल खुल्ने संकेत दिएको छ । योसँगै प्रदर्शकहरु आन्तरिक तयारीमा पनि लागेका छन् । विगत ६ महिनादेखि बन्द रहेका हलहरु दशैं अगाडि नै खुल्ने अपेक्षा गरिएको छ । चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले पनि यसमा पहल गरिरहेका छन् । चलचित्र निर्माता संघ, चलचित्र संघले पनि चलचित्र क्षेत्र सुचारु गर्नका लागि पहल गरिरहेका छन् ।

images

तर, सरकारले दशैं अगाडि नै हल खुलाएको खण्डमा कुन चलचित्र रिलिज होला भन्ने प्रश्न भने सोझिएको छ । अहिलेसम्म दशैंका लागि भन्दै चलचित्र ‘लक्ष्मी पुजा’ बाहेक अरु चलचित्रको प्रचार भएको छैन । यसैले, विना प्रचार दशैंमा चलचित्र रिलिज गर्न निर्माता तयार नहुने पक्का छ ।

लकडाउन अगाडि नै निर्माण भएका चलचित्रका निर्माता तत्काल आफ्नो चलचित्र रिलिज गर्ने सोचमा छैनन् । उनीहरुले, प्रदर्शक र वितरकबाट लगानी सुरक्षित हुने ग्यारेन्टी नआएसम्म चलचित्र रिलिज गर्न हतार नगर्ने बताइरहेका छन् । यस्तो अवस्थामा हल खुल्ने वित्तिकै के रिलिज गर्ने भन्ने समस्या प्रदर्शकसँग छ । बलिउडमा पनि रिलिजका लागि निकै थोरै चलचित्र मात्र तयार छन् । ती, चलचित्र पनि कहिले रिलिज हुन्छन् टुंगो लागेको छैन ।

चलचित्र संघका अध्यक्ष मधुुसुदन प्रधान सबैले यो अवस्थामा मिलेर अगाडि बढ्नुपर्ने बताउँछन् । उनले भने–‘यसका लागि हामीले पनि आन्तरिक तयारी गरिरहेका छौ । केही चलचित्रका निर्माताहरु चलचित्र रिलिजका लागि तयार पनि हुनुहुन्छ । यसैले, यो बिषयमा हामी बसेर समाधान गर्छौ ।’

उनले, हल खुलेपछि दर्शक आउने अपेक्षा समेत व्यक्त गरे । लामो समयसम्म हल बन्द हुँदा हल व्यवसायी पनि मर्कामा परेको भन्दै उनले यो अवस्थामा निर्माताले पनि चलचित्र क्षेत्रलाई अगाडि बढाउन सहजीकरण गर्नुपर्ने उनको तर्क छ । प्रधानले भने–‘यस्तो समयमा एमजी, लगानी सुरक्षितको माग गर्नु जायज हुँदैन । चलचित्र क्षेत्र हामी सबैको हो भने यसलाई अगाडि बढाउने जिम्मा पनि हामी सबैको नै हो ।’

दशैंमा चलचित्रको व्यापार राम्रो हुने भएकाले पनि यो समयमा हल खुलेको खण्डमा प्रदर्शकलाई पनि केही राहत हुने पक्का छ । तर, रिलिजका लागि तयार भएका चलचित्रका निर्माता अहिले नै चलचित्र रिलिज गरेर आफ्नो खुट्टामा बञ्चरो हान्ने सोचमा नरहेको बताउँछन् । यसैले, चलचित्र प्रदर्शकहरुलाई हल खुलेपनि के चलाउने भन्ने समस्या भने टड्कारो रुपमा उठ्ने देखिएको छ ।

images
प्रकाशित मिति :आश्विन १५, २०७७ बिहिवार - ०९:४६:०८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology