Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

राजसंस्था समर्थकले निकाले आज पोखरामा विशाल जुलुस

राजसंस्था समर्थकले निकाले आज पोखरामा विशाल जुलुस

इच्छाकामना न्युज

१०, मंसिर २०७७
राजसंस्था समर्थकले निकाले आज पोखरामा विशाल जुलुस

पोखरा, १० मंसिर । राजसंस्था समर्थकले पोखरामा आज राष्ट्रिय झण्डा सहित विशाल र्‍यालीको आयोजना गरेका छन् ।

images

गणतन्त्रको विरोध तथा राजसंस्थाको समर्थन गर्दै आयोजना गरिएको उक्त र्‍याली अमरसिंहचोकबाट शुरु भइ  पोखराको पृथ्बीचोक, मुस्ताङचोक, लेकसाइड, हल्लनचोक, जिरोकिलोमिटर, सभागृहचोक हुँदै  मानवअधिकार चोक पुगेर कोण सभामा परिणत भएका थिए ।

र्‍यालीमा युवायुवती, महिला, पुरुष लगायत वृद्ध व्यक्तिको पनि सहभागिता रहेको थियो । सहभागीहरुले राजतन्त्रको पुनर्वहाली तथा देश बचाउन आफुहरु राष्ट्रिय झण्डा बोकेर आएको प्रतिक्रिया दिए । र्‍यालीमा सहभागी मध्येका पोखरा पराजुली मार्गका सुजन बाबु पौडेलले नेपालको अस्तित्व रक्षा गर्नका लागि प्रजातन्त्रको मियो चाहिने र त्यो मियो भनेको राजसंस्था भएको प्रतिक्रिया दिए ।

सहभागीले राजतन्त्र जिन्दावाद, अखण्ड नेपाल जिन्दावाद, गणतन्त्र मुर्दावाद, राजसंस्थाको विकल्प छैन, राजा आउ देश बचाउ, भन्दै बाजागाजा सहित नगर परिक्रमा गरेका थिए । र्‍यालीमा कास्की सहित छिमेकी जिल्लाबाट आएका समर्थकहरुको सहभागीता रहेको थियो ।

 

images
प्रकाशित मिति :मंसिर १०, २०७७ बुधवार - १८:३७:१० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology