Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

जेठमा स्थानीय तहको निर्वाचन हुने भएपछि राजनीतिक दलहरूआन्तरिक तयारी गर्दै 

जेठमा स्थानीय तहको निर्वाचन हुने भएपछि राजनीतिक दलहरूआन्तरिक तयारी गर्दै 

सिआईएन

२१, माघ २०७८
जेठमा स्थानीय तहको निर्वाचन हुने भएपछि राजनीतिक दलहरूआन्तरिक तयारी गर्दै 
images

काठमाण्डौ, २१ माघ । आगामी जेठमा स्थानीय तहको निर्वाचन हुने निश्चित भएपछि राजनीतिक दलहरूले आन्तरिक तयारी सुरु गरेका छन् । स्थानीय तहसम्मै पुग्नेगरी कार्यक्रम बनाउन निर्देशन दिनेदेखि पार्टीको घोषणा पत्रको बारेमा पनि छलफल गर्न थालेका छन् ।

images
images

सीआईएनसँग कुराकानी गर्दै माओवादी केन्द्रका नेता देव गुरुङले विगतको अभ्यास र सिकाइका आधारमा पार्टीले स्थानीय तहको निर्वाचनको तयारी सुरु गरेको बताउनुभयो । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने स्थानीय तहको निर्वाचनका लागि घोषणापत्र लेखनका लागि समीक्षा कार्यक्रम राख्ने तयारी गरेको छ । घोषणापत्र निर्माणका लागि सातै प्रदेशका नेताहरूसँग सुझाव लिने तयारी भएको एमाले स्थानीय तह विभाग प्रमुख देवेन्द्र दाहालले सीआईएनसँग बताउनुभयो । 

नेपाली काँग्रेसले स्थानीय तहको चुनावका बारेमा कार्यसम्पादन समितिको बैठकमा छलफल गरेर मात्रै रणनीति बनाउने भएको छ । पार्टीको बैठकपछि स्थानीय तहको तयारी सुरु गर्ने काँग्रेस सहमहामन्त्री किशोरसिंह राठौरको भनाइ छ । निर्वाचन आयोग सरकारले स्थानीय तहको मिति घोषणा गर्नेवित्तिधै सार्वजनिक गर्नेगरी कार्यतालिका निर्माणमा जुटेको छ । 

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले अहिले मतदाता नामावली सङ्कलन लगायतका काम निरन्तर भइरहेको बताउनुहुँदै निर्वाचन मिति घोषणा भएपछि कार्यतालिका निर्माण लगायतका काम हुने जानकारी दिनुभयो । सरकारमा रहेका राजनीतिक दलहरूले आगामी जेठ महिनाभित्रै स्थानीय तहको चुनाव गर्ने सहमति गरे पनि निर्वाचन आयोगले भने जेठ ४ गतेका लागि निर्वाचनको मिति घोषणा गर्न सरकारलाई सुझाव दिइसकेको छ । 

images
प्रकाशित मिति :माघ २१, २०७८ शुक्रवार - १०:००:५७ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology