Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

थाहा पाउनुहाेस् तपाईंकाे राशिफल

थाहा पाउनुहाेस् तपाईंकाे राशिफल

न्युज कारखाना

२२, माघ २०७८
थाहा पाउनुहाेस् तपाईंकाे राशिफल

२२ माघ २०७८ शनिबार । तदनुसार फेब्रुवरी महिनाको ५ तारिक । माघशुक्लपक्ष चतुर्थी तिथि, आज पञ्चमी तिथि शुरु हुनेभएपनि वसन्त पञ्चमी र सरस्वती पूजा भोलि आइतबार हो ।

images

सूर्योदयलाई आधार मानेर पर्व तिथि पर्व मनाइन्छ । त्यसैले पञ्चमी तिथिको सूर्योदय भोलि नै हो । उत्तरभाद्रपदा नक्षत्र, बब करण, सिद्ध योग र चन्द्रमा मीन राशिमा रहेको छ । आज बिहान ९ः३४ देखि १०ः५६ सम्मको समय राहुकाल रहेको छ । ज्योतिषशास्त्रअनुसार राहुकाल भएको समयमा कुनै पनि शुभ कर्म गर्न हुँदैन ।

शनिबारका दिन शनिदेवको आरधना गर्नु उत्तम मानिन्छ । शनिबारका दिन पूर्वदिशा तर्फको यात्रालाई शुभ मानिदैन । आजको देवता कार्तिकेय, ग्रहदेव केतु रहेको छ ।

शनिबारको दिन विहान पिपलको बृक्षमा जल अभिषेक गर्नु उत्तम हुनेछ।

आजको राशिफल 

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) : आज व्यापारबाट लाभ हुनेछ । परिवार र सन्तानबाट साथ सहयोग  पाउन सकिन्छ । तपाईंको योजना सफलताको लागि आफन्तजनको सहयोग आवश्यक हुनेछ । यात्रामा निस्कनु भन्दा पहिले कन्यालाई दक्षिण दिएर निस्कदा राम्रो हुनेछ । पूर्वदिशातर्फ यात्रा नगर्नु होला ।  

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) :  वृष राशिका जातकका लागि आजको दिन व्यापारमा सोचेअनुसार नहुनसक्छ । व्यापारबाट फाइदा नहुँदा पनि त्यति निराश हुनु पर्नेछ । तपाईं सकारात्मक भएर आफ्नो नियमित काममा लाग्नुहोला । आजको दिन आफूभन्दा ठूला व्यक्तिसँग भेटघाट  गर्दा नयाँ कार्ययोजना तयार हुनसक्छ ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) : परिवार र आफन्तजनले तपाई|माथि अनेक आरोप लगाउन सक्नेछन् ।  मनमा निराशा उत्पन्न हुनसक्छ ।  आजको दिन सकारात्मक सोच राखेर काम गर्नुभयो भने मात्र खुसी हुनसक्नु हुनेछ। आजको दिन मनमा अनेक कुरा खेल्नेछ । मौन र अनावश्यक काममा घर बाहिर नजानु होला ।    

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) : पारिवारिक तनावका कारण केही समस्या आउनसक्छ । कर्कट राशिका जातकले कसैसँग विवाद र झगडा नगर्नुहोला । आजको दिन कसैसँग विवाद भयो भने तपाई र तपाईंसँग विवाद गर्ने दुवै व्यक्तिको हानी हुनसक्छ । यात्रा गर्नुभयो भने अनावश्यक खर्च हुनेछ । शनिबारका दिन कर्कट राशिमा जातकले गृहस्थ कर्ममा समय दिनु उत्तम हुनेछ ।  

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) :  आजको दिन सिंह राशिका जातकका लागि आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुनेछ । दाम्पत्य जीवनमा सुख प्राप्त हुनसक्छ । स्वास्थ्यमा समस्या देखिए पनि क्रमिक सुधार हुनेछ । यात्राबाट खुसियाली छाउने छ । परिवारको साथ सहयोगले मनमा प्रशसन्नता छाउने छ ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) : मनमा रहेको चिन्ता हटदै जानेछ ।आफन्तसँग सम्बन्ध विग्रन सक्छ । अध्ययनअध्यापनबाट सफलता प्राप्त हुनेछ । आज स्त्रीजातिको साथ सहयोगबाट कार्य गर्दा सफलता प्राप्त हुन्छ । कुमारी कन्यालाई केही खानेकुरा र बस्त्र दान दिनु होला । 

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते) :  आजको दिन तपाईंको यात्रा कार्यमूलक हुनेछ । कुनै कामको शुरुवात गर्नुभएको छ भने त्यो कामको सम्पादन पूरा गर्नका लागि मेहनतपूर्वक लाग्नु होला । कलाकारितामा र रचनात्मक काममा मन जानेछ । परिवारमा वा स्त्रीजातिहरुसँग विवाद हुनसक्छ, त्यसैले आजको दिन कार्य गर्दा तुला राशिका जातकले सोच विचार गर्नु उत्तम होला । महिलासँग विवाद हुने कार्य नगर्नुहोला ।   

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) : यात्राको अवसर आए पनि यात्रा नगर्नुहोला । आजको दिन सकेसम्म कसैसँग विवाद हुने कुरा नगर्नुहोला ।  विवादबाट हानी मात्र हुनेछ । आर्थिक हानी हुने संभावना छ । त्यसैले आजको दिन खर्च गर्नुभन्दा पहिले एक पटक सोच विचार गर्नुहोला । सकारात्मक सोच, र नियमित काममा समय खर्चनुहोला । मौन रहनु उत्तम हुनेछ ।   

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) : आजको दिन आकस्मिक धनलाभ हुनेछ । तपाईले सोचअनुसारको काम हुनेछ । सन्तानबाट सुख र स्त्रीजातिको साथ सहयोगले तपाईले राम्रो काम गर्नुहुनेछ । आफन्त र परिवारजनबाट साथ सहयोग हुनेछ । त्यसैले आजको दिन तपाईलाई आजको दिन मानसम्मान समेत मिल्नेछ । सामाजिक र अध्यात्मसेवाको कार्यमा लाग्नु होला । जेष्ठ र श्रेष्ठ ब्यक्तिबाट आशीर्वाद लिनु उत्तम हुनेछ ।  

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) : आजको दिन सरस्वतीको आरधनाले  मनमा प्रसन्नता छाउनेछ । विगतदेखि गर्दै आएको कामबाट मान सम्मान प्राप्त हुनेछ । दुःखका कुरा कम र हर्षका कुरा बढी गर्नु होला । सकारात्मक सोच राखेर काम गर्नुहोला । अनावश्यक आरोप पनि लाग्न सक्छ । नियमित काममा मात्र लाग्नुहोला । नयाँ कामको थालनी नगर्नु होला ।      

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) : सामाजिक सेवा गर्दा मानसम्मान मिल्नेछ । आजको दिन शनिदेवको मन्दिरमा पुगेर दर्शन गर्दा उर्जा प्राप्त हुनेछ ।  दाम्पत्य जीवनमा सुख, समृद्धि प्राप्त हुनेछ। सामाजिक सेवाका काम गर्नु उत्तम हुनेछ । परिवारका जेष्ठ सदस्यलाई उपहार दिएर आशीर्वाद लिनु उत्तम हुनेछ । कुमारी कन्यालाई  खानेकुरा र बस्त्र दान दिनेभयो भने तपाईलाई आशीर्वाद मिल्नेछ ।   

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची) : बिहान उठेर सूर्योदयको दर्शन गर्नुहोला । गतहप्त गरेका कामको समीक्षा र आगामी हप्ताको कार्ययोजना बनाउनु होला । चन्द्रमाको साथ रहेको छ । अध्ययन, अनुसन्धान र लेखनको काममा समय दिनु भयो भने उत्तम हुनेछ । तपाईंका लागि यात्राको अवसर पनि आउनसक्छ । स्वास्थ्यमा ख्याल गर्नुहोला । देवालयको र गुरुजनको आशीर्वादको लागि गुरुसेवा गर्दा फल प्राप्त हुनेछ । सिर्जनात्मक कार्यमा लाग्नुहोला । 

 

images
प्रकाशित मिति :माघ २२, २०७८ शनिवार - ०९:०२:२७ बजे

न्युज कारखाना

इच्छाकामना न्युज डटकम प्राईभेट समाचार एजेन्सी न्युज कारखानाको नियमित ग्राहक हो ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology