गोरखा, २३ माघ । बिगत सात दिनदेखि हराइरहेका गोरखाका एक पुरुष शनिबार मृत अबस्थामा भेटिएका छन् ।
शहीद लखन गाउँपालिका ८ कुवापानीका ४२ बर्षका सन्दीप परियार शनिबार भीमसेन ७ बोर्लाङमा मृत अवस्थामा फेला परेका वडाअध्यक्ष काशिनाथ अम्गाईले जानकारी दिए ।
बोर्लाङको बारीमा उत्तानो परेको अबस्थामा परियारको शव भेटिएको स्थानीयको भनाई छ ।
मृतकको पोष्टमार्टमपछि मात्रै अन्त्येष्टि हुने प्रहरीले जनाएको छ । परियार बिगत लामो समयदेखि मानसिक रोगबाट ग्रसित थिए ।








