Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

गोरखा नगरपालिका र शहिद लखन गाउँपालिकाका वैदेशिक रोजगारमा रहेका नागरिक र उनीहरुको लगत संकलन सुरु

गोरखा नगरपालिका र शहिद लखन गाउँपालिकाका वैदेशिक रोजगारमा रहेका नागरिक र उनीहरुको लगत संकलन सुरु

इच्छाकामना न्युज

२३, माघ २०७८
गोरखा नगरपालिका र शहिद लखन गाउँपालिकाका वैदेशिक रोजगारमा रहेका नागरिक र उनीहरुको लगत संकलन सुरु
images

गोरखा, २३ माघ । वैदेशिक रोजगारी, वैदेशिक अध्ययन, रोजगारीका समस्या, पुनःस्थापना र समस्याका विषयमा जानकारी राख्नका लागि गोरखाका दुई स्थानीय तहले लगत संकलन थालेका छन् ।

images
images

वैदेशिक रोजगारमा रहेका नागरिक र उनीहरुको परिवारको तथ्यांक तथा अवस्था पहिचानको लागि दुई स्थानीय तहले वैदेशिक रोजगार सम्बन्धी पार्श्वचित्र निर्माण गर्न सुरु गरेका छन् ।

गोरखा नगरपालिका र शहिद लखन गाउँपालिकाले वैदेशिक रोजागारीको विवरण संकलन गर्नका लागि ‘आप्रवासन प्रोफाईल’ निर्माण गर्न थालेका हुन ।

272852762_531371635220184_5722001828431345948_n.jpg

संकलन गरेको तथ्याङक प्रोफाइलका रुपमा राखिने र आगमी नीति तथा कार्यक्रम बनाउदा त्यसैका आधारमा तयार गरिने गोरखा नगरपालिकाका सामी परियोजना सम्पर्क व्यक्ति (सामाजिक बिकास अधिकृत) बिजय भक्त उपाध्यायले  जानकारी दिनुभयो । प्रोफाईलले सुरक्षित आप्रवासन नीति र पुनः एकीकरणको लागि समर्थन सहित स्थानीय ‘प्रवास प्रशासन’ को लागि उचित योजना, नीति र रणनीतिको विकासमा सहयोग गर्ने छ ।

प्रोफाईल निर्माणको लागि गोरखा नगरपालिकाले रु। पांच लाख र शहिद लखन गाउँपालिकाले रु। चार लाख विनियोजन गरेका छन् । प्रत्येक वडामा एक जना गणकको व्यवस्थापन गरी क्षेत्रगत तथ्याङ्क संकलन गरिने छ ।

गोरखा नगरपालिकाले १४ र शहिद लखन गाउँपालिकाले आठ जना गणक छनौट गरी तथ्याङ्क संकलन गर्न थालेका छन् । गणकहरुले कोवो सफ्टवेयरमार्फत तथ्यांङक लिनेछन् ।

272667341_227135119539456_2418527331903607351_n.jpg

एकिकरण नेपालको व्यवस्थापनमा गणकहरुलाई सामी हेल्भेटासले दुई दिने सफ्टवेयर सञ्चालनबारे प्राविधिक तालिम दिएर स्थलगत रुपमा तथ्याङ्क संकलनका लागि वडामा खटाइएको छ । स्थलगतरुपमा खटाइएका २२ गणकहरुले फाल्गुन ४ भित्र आफ्नो जिम्मेवारीमा परेको वडाको वैदेशिक रोजगारीमा गएको, अध्ययनका लागि गएको, वैदेशिक रोजगारीमा आश्रीत परिवार, वैदेशिक रोजगारीमा फर्केका, रोजगारीबाट फर्केर पुनस्थापित भइसकेकाको विवरण संकलन गर्नेछन् ।

प्रोफाईलमा जनसांख्यिकीय जानकारी, प्रमुख गन्तव्य देशहरू, प्रवासी र उनीहरूका परिवारको सीप र सूचनामा पहुँचको हालको परिदृश्य, रेमिट्यान्स प्राप्त गर्ने र वित्तीय साक्षरतामा यसको उपयोगिताको प्रवृत्ति र ज्ञान स्तर सहितको प्रवास, पुनरागमन प्रवासी कामदारको जानकारी, उनीहरूको अवस्था र पहलमाथि जोड दिने शहिद लखन गाउँपालिकाका अध्यक्ष रमेश बाबु थापा मगरले बताउनुभयो ।

आप्रवासी पाश्र्वचित्रले राष्ट्रिय सन्दर्भसँग सम्बन्धित स्थानीय स्तरबाट श्रम प्रवासन ढाँचाको समग्र परिदृश्य प्रतिबिम्बित गर्ने सुरक्षित आप्रवासन परियोजना (सामी) गोरखाका परियोजना संयोजक चन्द्र देवकोटाले बताउनुभयो । “रोजगारीको अवस्था, अध्ययनमा पुगेका, फर्केका नागरिकको विवरण संकलन गर्नेछौं” देवकोटाले भन्नुभयो “संकलन भएको तथ्याङ्कका आधारमा स्थानीय तहले आप्रवासी सुरक्षित योजना बनाइनेछ ।” वैदेशिक रोजगारमा धोखाधडी र सम्बन्धित मुद्दाहरू, सामाजिक लागत, चुनौतीहरू, अगाडि र सुझावलाई पनि समावेश हुनेछ ।

images
प्रकाशित मिति :माघ २३, २०७८ आइतवार - २१:४२:१६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology