Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

स्याउ खेतीमा जम्दै जुम्ला

स्याउ खेतीमा जम्दै जुम्ला

इच्छाकामना न्युज

२४, माघ २०७८
स्याउ खेतीमा जम्दै जुम्ला

दिलमाया शाही, जुम्ला, २४ माघ । जुम्ला यतिवेला स्याउका लागि पर्याय बनिरहेको छ । स्याउ खेतीबाट अधिकांश जुम्लीले जीविकोपार्जन गर्दै आएका छन् ।

images

जुम्लाको हिमा गाउँपालिका–३ का वडाध्यक्ष सर्वजित भण्डारीले जुम्लीको आयआर्जनको मुख्य आयस्रोत स्याउ भएको बताए । 

भण्डारीले उद्योग तथा उपभोक्ता हीत संरक्षण कार्यालय जुम्लाको आयोजना तथा हिमा गाउँपालिका, वडापालिकाको समन्वयमा सात दिने स्याउ बगैचा व्यवस्थापन तथा विरुवा काटछाट सीप मुलक तालिमको समापनमा यस्तो बताएका छन् । 

उनले उद्यमीलाई सीप सिकेर विदेशमा भन्दा स्वदेशमै स्वरोजगार बन्न सुझाव दिए । स्याउ खेतीबाट अधिकांश जुम्लीले जीविकोपार्जन गर्दै आएको उनले बताए । स्याउका विरुवा नभएका कुनै घर छैन । 

सात दिने तालिमका प्रशिक्षक तथा हिमा गाउँपालिका कृषि शाखा प्रमुख बबरजंग शाहीले तालिममा सहभागी सवैका घरमा २ सयदेखि २ सय ५० विरुवा छन् ।

अहिले नेपालमा पनि स्याउ बगैंचा व्यवस्थापन गर्ने नयाँ नयाँ प्रविधि भित्रिएकाले यहाँका स्याउ कृषकलाई आरी र सिकेचरसहित नयाँ प्रविधि र ज्ञान दिन आवश्यक रहेको उनले बताए ।

उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाका प्रमुख श्रीकृष्ण देवकोटाले कृषकका माग अनुसार सीपमुलक तालिम सञ्चालन गर्ने गरिएको बताए । उनले भने उद्यमी बनाउनका लागि सीपमुलक तालिमसहित आवश्यक औजार पनि प्रदान गर्ने गर्ने गरिएको छ । सीप सिकाएर स्वदेशमै स्वरोजगार बनाएर आयआर्जनमा सुधार ल्याउने कार्यक्रम उद्देश्य रहेको प्रमुख देवकोटाले बताए ।

तालिममा सहभागी कृषक उद्यमी गजत नेपालीले तालिममा १५ जना सहभागी भएको र सीप सिकेर स्याउका विरुवा काटछाट तथा बगचै व्यवस्थापन गर्न सिकेको जानकारी दिए । 

कृषि विकास कार्यालयको तथ्यांकअनुसार ०७६ मा १२ हजार मेट्रिक टन स्याउ उत्पादन भएको थियो । त्यस्तै, ०७७ मा दोब्बरले घटेर ६ हजार २ सय १० मेट्रिक टन मात्रै उत्पादन भयो भने यो वर्ष चार गुणाले घटेर ६ हजार १ सय ६० मेट्रिक टन मात्रै उत्पादन भएको कृषि विकास कार्यालयका प्रमुख गणेश अधिकारीले बताए ।

गत वर्षभन्दा यो वर्ष १ प्रतिशतले स्याउ उत्पादन घटेको छ । गत १६ र १८ वैशाख अनि ३ र ४ जेठमा असिना आउँदा जुम्ली स्याउ उत्पादनमा ठूलो गिरावट आएको हो । उनले भने, ‘सिँचाइ अभाव र मौसम परिवर्तनले उत्पादन घट्दै गएको छ । समयमा पानी नपर्नु, उत्तरी मोहडाका स्याउमा सिँचाइ अभाव हुनु र स्याउमा पछिल्लो समय किराको प्रकोप बढ्नु, उचित बगैँचा व्यवस्थापन नहुनुलगायत कारण उत्पादन घटेको हो ।’

उत्पादित १० हजार ५ सय टनमध्ये ६० प्रतिशत निर्यात भइसकेको छ भने ४० प्रतिशत मात्रै जिल्लामा रहेको प्रमुख अधिकारीको भनाइ छ ।स्याउ उत्पादन बढाउन बगैँचा व्यवस्थापनदेखि, मलजल, सिँचाइमा ध्यान पुर्‍याउन आवश्यक रहेको उनले बताए ।

जुम्लामा करिब १७ हजार घरधुरी स्याउ खेतीमा निर्भर छन् भने यहाँको १० हजार हेक्टरमा स्याउ खेती हुने अनुमान छ । तर, हाल ३ हजार ८ सय हेक्टरमा मात्रै खेती भए पनि १ हजार ५ सय हेक्टरमा मात्रै उत्पादन भइरहेको छ ।

 

images
प्रकाशित मिति :माघ २४, २०७८ सोमवार - १९:१४:२२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology