Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

विदेशमा बस्ने नेपाली खोप लगाउनेमा अग्र स्थानमा

विदेशमा बस्ने नेपाली खोप लगाउनेमा अग्र स्थानमा

इच्छाकामना न्युज

२५, माघ २०७८
विदेशमा बस्ने नेपाली खोप लगाउनेमा अग्र स्थानमा

कोरोनाविरुद्धको खोप लगाउनेमा विदेशमा बस्ने नेपाली अग्रस्थानमा रहेको गैरआवासीय नेपाली संघ अन्तर्गतको हेल्थ कमिटीका संयोजक डा सञ्जिव सापकोटाले बताएका छन् । नेपलिज डक्टर्स एसोसिएसन यूके र नेपाल नर्सिङ एसोसिएसन यूकको सहकार्यमा पत्रकार महासंघ बेलायत शाखाद्वारा आयोजित स्वास्थ्य संवाद कार्यक्रममा सापकोटाले सो कुरा बताएका हुन् । सापकोटाका अनुसार विदेशमा रहेका करिब ९० प्रतिशत भन्दा बढी नेपाली तथा नेपाली मूलका मानिसले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

images

यसैगरी बेलायतमा बस्ने नेपालीहरु पनि कोरोनाविरुद्धको खोपमा अग्र स्थानमा रहेको हडर्सफिल्ड विश्वविद्यालयका एसोसिएट डिन (इन्टरनेशनल) डा. पदम सिम्खडाले बताए । यहाँस्थित एक विश्वविद्यालयले हालै गरेको अनुसन्धानले उक्त कुराको पुष्टि गरेको भएपनि यसको तथ्यांक भने सार्वजनिक हुन बाँकी रहेको सिम्खडाले जानकारी दिए । बेलायतमा खोप नलगाउनेको संख्या उल्लेख्य रहेको र नेपालीलाई पनि सोही वर्गमा राखिएकामा आफूले नेपाली खोप लगाउनेमध्ये अग्रपंक्तिमा रहेको भन्दै त्यसलाई सच्याउन आग्रह गरेको पनि उनले बताए । पोस्ट कोभिड र खोपको बारेमा गरिएको उक्त भर्चुअल कार्यक्रममा भाइरसले कसरी आक्रमण गर्छ, यसबाट बच्ने उपाय, खोपको महत्व, नयाँ भेरिएन्ट ओमिक्रोन लगायत यसका लक्षणबारे वक्ताद्वय सापकोटा र सिम्खडाले प्रष्ट पारेका थिए ।

विश्वभर कोरोना संक्रमितको संख्या अत्यधिक देखिए पनि मृत्यु हुनेको संख्या भने करिब १० देखि १५ प्रतिशतको हाराहारीमा रहेको र मृत्यु हुनेको संख्या करिब १० प्रतिशत रहेको सापकोटाले जनाए । विश्वभरको तथ्यांक अनुसार ६३ प्रतिशत मानिसले खोपको पहिलो डोज लगाएका छन् भने ५० प्रतिशतले दुवै डोज लगाइसकेको उनले बताए । खोप लगाउँदैमा संक्रमण हुंदैन भन्ने धारणा गलत रहेको र यसबाट बच्न मास्क, सेनिटाइजर तथा साबुनपानीले हात धुने बानी नै उत्तम उपाय रहेको पनि उनले बताए ।

उनले थपे, खोप लगाए पनि नलगाए पनि भाइरसले सबैलाई आक्रमण प्रयास गर्छ । तर, खोप लगाएका व्यक्तिको रोग प्रतिरोधात्मक क्षमता बढी हुने भएकाले यसको असर कम हुने गर्दछ । नाक र मुखबाट मात्र भाइरस शरीरमा प्रवेश गर्ने हुँदा यसमा सबैभन्दा सतर्कता अपनाउनुपर्ने उनको धारणा छ । भाइरस सुक्ष्म भएकाले शरीरमा प्रवेश गरेपछि मानव सेलमा असर गर्दछ । शरीरमा भएको रोग प्रतिरोधात्मक शक्तिको आधारमा यसको असर कम वा बढी हुने गर्दछ । भाइरसले बेलाबेलामा स्वरूप परिवर्तन गर्दै नयाँ भेरिएन्टको रुपमा देखा पर्दछ जुन पछिल्लो समयमा ओमोक्रोनको रुपमा देखा परेको छ ।

ओमिक्रोन बढी संक्रामक भएको र कम घातक सावित रहे पनि विश्व स्वास्थ्य संगठनले भने कुनै ठाउँमा बढी घातक बताएको पनि सापकोटाले बताए । यसको असर सबैमा समान नहुने र व्यक्ति र उनीहरुको स्वास्थ्यस्थितिमा भर पर्ने उनको धारणा छ । नेपालमा कोभिसिल्ड वा भेरोसेलको खोप लगाएर पर्यटक भिसामा नेपालबाट बेलायत आएकाहरुले बुस्टर डोज लगाउँदा फाइजर, मोडेर्ना तथा अक्सफोर्ड एष्ट्राजेनेकाको खोप लगाउन उपयुक्त हुने विज्ञको राय छ ।

एकपटक मोडेर्ना शृंखला पूरा गरेपछि भने फाइजर वा मोडेर्नाको बुस्टर डोज लिन सकिनेछ । कोरोना संक्रमणपछि ३, ४ हप्तासम्म जोर्नी दुख्ने, सुत्न गाह्रो हुने, मुटुको समस्या हुने लगायत समस्या भएमा पोस्ट कोभिडको रुपमा हेर्ने गरिन्छ । यसबारेमा अध्ययन जारी रहेको र यस्ता लक्षण देखिएमा प्राथमिक उपचार केन्द्र तथा स्वास्थ्यकर्मीसंग सल्लाह लिन वक्ताहरुले सल्लाह दिएका छन् । यस्ता ठूला महामारीहरु पटक पटक आइरहेको र सन् १९१८ मा स्पेनिस फ्लू, १९५७ मा एसियन फ्लू, १९६८ मा हङ कङ फ्लू, १९७७ को फ्लू र २००९ मा स्वाइन फ्लू जस्ता इतिहासलाई केलाउँदा हरेक ४० वर्षमा एउटा महामारी आउने सापकोटाले बताए ।

यसैगरी खोप नलगाएका ९० प्रतिशत मानिसहरु अस्पताल भर्ना हुने गरेको बेलायतको तथ्यांक रहेको डा पदम सिम्खडाले बताए । वर्तमान अवस्थामा खोप लगाउनु अत्यन्त जरुरी रहेको बताउंदै उनले खोप लगाएका मानिसबाट उत्पन्न हुने नयाँ भेरिएन्टले कम असर गर्ने धारणा राखे । भाइरस संक्रमण बढ्नका लागि खोप नलगाएका र शरीरमा प्रतिरक्षा प्रणाली कमजोर भएका मानिसहरुको जरुरत हुने भएकाले खोपको प्रभाव बढेसंगै ओमिक्रोनको प्रभाव पनि कम हुँदै गएको र भावी दिनमा आउने नयाँ भेरिएन्ट कमजोर हुनसक्ने उनले बताए । ओमिक्रोनको भर्खर देखिएको नयाँ भेरिएन्ट पनि ओमिक्रोनसंग मिल्दोजुल्दो रहेको र यसको थप अध्ययन भइरहेको उनले बताए ।

कोरोना भाइरस पूर्ण रुपमा नियन्त्रण नहुने र मानव समूदायमा साधारण फ्लूको रुपमा रहिरहने उनको धारणा थियो । भ्याक्सिनको प्रभावले गर्दा कम भाइरस हानिकारक र बिस्तारै जनजीवन सहज हुने पनि उनले बताए । कोरोना भाइरस नियन्त्रणका लागि सबैभन्दा महत्वपूर्ण विषय राजनैतिक नेतृत्वको पनि हो भन्ने कोरोना महामारीले सिकाएको महत्वपूर्ण पाठ रहेको सिम्खडाले बताए । स्वास्थ्यकर्मी, स्वास्थ्य सुविधा, स्वास्थ्यसम्बन्धि प्रविधि र देशको आर्थिक अवस्था मात्र कोरोना नियन्त्रणमा पर्याप्त नहुने यसपटकको महामारीले पुष्टि गरेको उनले बताए । उक्त कार्यक्रम नेपाल पत्रकार महासंघ बेलायतका महासचिव नरेन्द्र बस्नेतले सञ्चालन गरेका थिए ।

 

images
प्रकाशित मिति :माघ २५, २०७८ मंगलवार - ०७:५६:२६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology