Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

चितवनकै एकमात्र सिताराम संस्कृत माविमा लागेको ताला खुलेन, ४ बुदे माग सहित विद्यालयका भु.पु. विध्यार्थीद्वारा प्रेस विज्ञप्ति सार्वजनिक 

चितवनकै एकमात्र सिताराम संस्कृत माविमा लागेको ताला खुलेन, ४ बुदे माग सहित विद्यालयका भु.पु. विध्यार्थीद्वारा प्रेस विज्ञप्ति सार्वजनिक 

आशिक राना

११, मंसिर २०७७
चितवनकै एकमात्र सिताराम संस्कृत माविमा लागेको ताला खुलेन, ४ बुदे माग सहित विद्यालयका भु.पु. विध्यार्थीद्वारा प्रेस विज्ञप्ति सार्वजनिक 

देवघाट तनहुँ, ११ मंसिर ।  चितवनको भरतपुर महानगरपालिका १ देवघाटमा रहेको जिल्लाकै एकमात्र संस्कृत विद्यालय श्री सिताराम संस्कृत माध्यामिक विद्यालयको प्रशासनमा लागेको ताला अझै खुल्न सकेको छैन।  विद्यालय व्यवस्थापन समितिको यहि मंसिर ९ गते बसेको बैठक पाचौं पटक पनि बिना निष्कर्ष टुंगिदा विद्यालयमा राजनैतिकरण भएको दावी गर्दै विद्यालयका पूर्व विद्यार्थीह बिकास ढकाल र सुरज घिमिरेको नेतृत्वमा विद्यालयमा ताला लगाएको थियो। सो ताला आजसम्म पनि खुल्न नसकेको हो। 
विद्यालयमा रिक्त रहेको अंग्रेजी विषयको निमावि शिक्षक दरबन्दीमा आउने शिक्षक छनौट गर्ने क्रममा विद्यालयमा राजनीतिकरण भएको  भन्दै  तालावन्दीसम्मको घटना क्रम घटेको पुर्व विद्यार्थी ढकालले बताएका थिए।
यसै बिच तालाबन्दीसम्मको घटना क्रम पछि मसिर ११ गते सिताराम मा।वि भु।पु विध्यार्थीद्वारा एक प्रेस विज्ञप्ति सार्वजनिक भएको छ ।
सो विज्ञप्ति मा भनिएको छ नेपालकै पुरानो तथा चितवनको एक मात्र संस्कृत विद्यालय श्री सिताराम संस्कृत माध्यमिक  विद्यालय विगत लामो समय देखि संस्कृत शिक्षाको संरक्षण प्रवर्धन तथा अध्ययन अध्यापनमा लागि परिरहेको आम सर्वसाधारणलाई अवगत नै छ । सरस्वती मन्दीरको रुपमा रहेको यस शिक्षालय लाई विकृतिको रुपमा लागि यस विद्यालयको अस्तित्व नै मेटाउने गरी राजनितिक हस्तक्षेप गर्दै शिक्षक छनौटको विषयमा विवाद सृजना गरी विद्यालयको सञ्चालक समितिका कैहि सदस्यहरुले आफ्नो स्वार्थ पूर्ति गर्ने उद्देश्यबाट प्रेरित भई लामो समय यस विद्यालयको विकासमा समय खर्चनु भएका प्रधानाध्यापकलाई घेराबन्दी गरी बाध्य रुपमा राजीनामा मागका कुराहरु विज्ञप्तिमा रहेको छ।

images

127582722_684065615644579_8366061221586182860_n.jpg
विज्ञप्तिका ४ बुदे मागहरुः
१) विद्यालयको हितका लागि आफ्नो नभई राम्रो शिक्षक ल्याउनुपर्ने ।
२) शिक्षकहरुको गुटबन्दीको अन्त्य हुनुपर्ने ।
३) विद्यालय परिसरमा राजनितिक वातावरणको अन्त्य हुनुपर्ने ।
४) सुन्दरशान्त वातावरणमा विद्यार्थीको पठन पठन नियमित सञ्चालन हुनुपर्ने 
यी मागहरु पुरा नभए सम्म यस विद्यालयको प्रशासनमा लगाएको ताला अनिश्चितकालिन बन्द गरेको जानकारी समेत गरिएको छ।

images
प्रकाशित मिति :मंसिर ११, २०७७ बिहिवार - १९:२८:०५ बजे

आशिक राना

पत्रकार आशिक राना इच्छाकामना न्युजको देवघाट प्रतिनिधी हुन् भने देवघाट गाउँपालिकाको प्रेस संयोजक समेत हुनुहुन्छ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology