Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

गोरखाको बारपाक सुलिकोटमा विविध कार्यक्रम गरी जनयुद्ध दिवस मनायो

गोरखाको बारपाक सुलिकोटमा विविध कार्यक्रम गरी जनयुद्ध दिवस मनायो

सौरपानीका युवाहरु कांग्रेस परित्याग गरी माओवादी केन्द्र प्रवेश

इच्छाकामना न्युज

२, फाल्गुण २०७८
गोरखाको बारपाक सुलिकोटमा विविध कार्यक्रम गरी जनयुद्ध दिवस मनायो
images
गोरखा, २ फागुन । नेकपा (माओवादी केन्द्र) बारपाक सुलिकोट गाउँपालिका समितिले बिभिन्न कार्यक्रमहरु गरी महान जनयुद्ध दिवस मनाएको छ । फागुन १ गते महान जनयुद्ध २७ औं बर्षमा प्रवेश गरेको अवसरमा गाउँपालिका पार्टीको संयोजनमा सबै वडा पार्टीहरुले विविध कार्यक्रम गरी जनयुद्ध दिवस मनाएको हो ।
 
बारपाक सुलिकोट गाउँपालिकाको ४ नं. वडा सौरपानीमा नेकपा (माओवादी केन्द्र) वडा समितिले भव्य कार्यक्रम गरी नेपाली कांग्रेसमा क्रियाशिल ३ दर्जन भन्दा बढि युवाहरुलाई पार्टी प्रवेश समेत गराएको छ । सौरपानीको घुन्चोक पोखरीमा भएको कार्यक्रममा सौरपानी युवा क्लबका अध्यक्ष समेत रहेका रोशन गुरुङको नेतृत्वमा नेपाली कांग्रेस परित्याग गरी तिन दर्जन भन्दा बढि युवाहरुलाई माओवादी केन्द्रका गाउँपलिका इन्चार्ज बिष्णु भट्ट र अध्यक्ष नरबहादुर गुरुङले अबिर र माला लगाई पार्टी प्रवेश गराएको हो ।
272747748_374325117369325_8551458672246126760_n.jpg
 
कार्यक्रमलाई सम्वोधन गर्दै अध्यक्ष भट्टले जनयुद्धले उत्पीडित जनताको अधिकार पहिचान गर्दै संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी समानुपातिक प्रतिनिधित्व जस्ता जनताको एजेण्डा ल्याउन सफल भएको तर यसको जस जनयुद्ध बिरोधीहरुले लिन खोजेकोले त्यसको चिरफार गर्दै उपलब्धीको रक्षा र कार्यान्वयन सहित जनताको बाकि अधिकार प्राप्तिको लागि लामबद्ध हुन आग्रह गर्नुभयो ।
 
वडा पार्टी अध्यक्ष सुनेम गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका पार्टी अध्यक्ष नरबहादुर गुरुङ, उपाध्यक्षद्वय कृष्ण गुरुङ र मोहन ढकाल, वाइसिएल अध्यक्ष रवित तामाङ, जननिर्वाचित वडा अध्यक्ष भिमबहादुर गुरुङ लगायतको नेताहरुको उपस्थिति रहेको थियो ।
271685798_488659129438974_4917983032762853351_n.jpg
 
२७ औं जनयुद्ध दिवसको अवसरमा बारपाक सुलिकोट-७ नं. वडा पार्टीले "महान जनयुद्ध दिवस भव्यताका साथ सफल पारौ" लेखिएको ब्यानर देउराली बजारमा झण्डातोरण गरी २७ वटा मैन बत्ती बालेर चियापान गरी मनाएको छ । त्यस अवसरमा नेकपा (माओवादी केन्द्र) बारपाक सुलिकोट गाउँपालिका अध्यक्ष नरबहादुर गुरुङले जनयुद्धले प्राप्त गरेको उपलब्धिको रक्षा र बाकि अधिकार प्राप्तिको लागि समाजवादी यात्रामा लाग्न आग्रह गरे । वडा पार्टी अध्यक्ष कृष्ण प्रसाद अँगाईको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष कृष्ण गुरुङ, सदस्यहरु रुद्रप्रसाद अंगाई, राजकुमार गुरुङ, अखिल क्रान्तिकारीका जिल्ला सचिब सुलभ अंगाई लगायतले समेत मन्तब्य राखेका थिए ।
 
कार्यक्रममा गाउँपालिकाको जननिर्वाचित अध्यक्ष बिष्णु भट्ट र माओवादी केन्द्रको गण्डकी प्रदेश सदस्य भगवती तिवारीको समेत सहभागिता रहेको थियो । त्यस्तैगरी माओवादी केन्द्रको ३, ६ र ८ नं. वडा कमिटिले पनि छुट्टाछुट्टै कार्यक्रम गरी जनयुद्ध दिवस मनाएको छ । ६ नं. वडा कमिटिले ताकुकोटमा गरेको कार्यक्रममा माओवादी केन्द्रका प्रदेश सदस्य भगवती तिवारीले जनताको अधिकार पूर्ण रुपमा प्राप्त नहुदासम्म माओवादी आन्दोलनले बिश्राम नलिने दाबी गरिन् ।
 
त्यसअवसरमा गाउँपालिका पार्टी सहसचिब जित नेपाली, जननिर्वाचित वडा अध्यक्ष बाबुलाल गुरुङ लगायतले समेत जनयुद्ध दिवसको शुभकामना मन्तब्य राखेको वडा अध्यक्ष रेशमलाल श्रेष्ठले जानकारी थिए । स्वारामा भएको कार्यक्रममा माओवादी केन्द्रका प्रदेश सदस्य धामी बरामले शहिदको सपना साकार पार्न पार्टी एकढिक्का भएर अघि बढेको जानकारी दिदै जनयुद्धको उपलब्धिको जस लिने प्रतिक्रियावादीहरुको भण्डाफोर गर्न आग्रह गरे ।
273070760_692999762110374_6264941728785267035_n.jpg
 
३ नं. वडा अध्यक्ष बिरबहादुर तामाङको अध्यक्षतामा भएको कार्यक्रममा जननिर्वाचित वडा अध्यक्ष समेत रहेका माओवादी केन्द्रका नेता सुकबहादुर तामाङलगायतको उपस्थिति रहेको थियो । वडा पार्टी अध्यक्ष फणिन्द्र पनेरुको अध्यक्षतामा ८ नं वडा पन्द्रुङमा भएको कार्यक्रममा अर्का प्रदेश सदस्य एवं बारपाक सुलिकोट गाउँपालिका उपाध्यक्ष सनमाया गुरुङले जनयुद्धको क्रममा शाहदात प्राप्त गर्नुहुने महान शहिदहरुको सपना साकार पार्न बारपाक सुलिकोटको बिकास र समृद्धिको लागि आफु क्रियाशिल रहेको बताइन् । ऐतिहासिक गाउँ बारपाकमा पनि माओवादी केन्द्रले झण्डातोलन सहित कार्यक्रम गरी जनयुद्ध दिवस मनाएको बारपाक माओवादी केन्द्रका अध्यक्ष पुर्ण गुरुङले जानकारी दिए ।
 
महान जनयुद्ध दिवसको अवसरमा सौरपानीमा क्रियाशिल सौरपानी युवा क्लबले सेभेन-ए साइड फुटबल प्रतियोगिताको आयोजना गरेको छ । क्लबको अध्यक्ष रोशन गुरुङको संयोजनमा भएको प्रतियोगिताको प्रथम र द्वितीय हुने खेलाडी टिमलाई क्रमश: ३००००/- र २००००/- पुरस्कार सहित मेडल र प्रमाण पत्र सिलको साथमा प्रदान गरिने युवा नेता मिलन ढकालले जानकारी गराए ।
 
उक्त कार्यक्रमको उद्घाटन बारपाक सुलिकोट गाउँपालिकाको अध्यक्ष एवं माओवादी केन्द्रको प्रभावशाली नेता बिष्णु भट्टले २७ वटा मैनबत्ती बालेर गरेका थिए । महान जनयुद्ध दिवसको अवसरमा भएको गाउँपालिकाको सबै वडाहरुले गरेको कार्यक्रममा पार्टीका नेता, कार्यकर्ता, शहिद परिवार एवं जनसमुदायको बाक्लो उपस्थिति रहेको थयो ।
 

images
प्रकाशित मिति :फाल्गुण २, २०७८ सोमवार - ०९:१९:४४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology