Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

ठूला दलका नेताहरु विदेशीका कर्मचारी सरह बन्दा देश संकटमा पुग्यो : राप्रपा वरिष्ठ उपाध्यक्ष पाण्डे

ठूला दलका नेताहरु विदेशीका कर्मचारी सरह बन्दा देश संकटमा पुग्यो : राप्रपा वरिष्ठ उपाध्यक्ष पाण्डे

इच्छाकामना न्युज

३, फाल्गुण २०७८
ठूला दलका नेताहरु विदेशीका कर्मचारी सरह बन्दा देश संकटमा पुग्यो : राप्रपा वरिष्ठ उपाध्यक्ष पाण्डे
images

चितवन, ३ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डेले ठूला दलका नेताहरु विदेशीका कर्मचारी सरह बन्न पुगेको टिप्पणी गरेका छन् ।

images
images

चितवन क्षेत्र नम्बर १ ले खैरहनीमा आयोजित क्षेत्रीय भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै पाण्डेले केही दिन यता विदेशीले हप्काउन सुरु गरेको बताए । ‘ठूला पार्टीका नेताहरुलाई कर्मचारी सरह नियुक्त गरेर विदेशीले हप्काउन थालेका छन्’, उनले भने, ‘एमसीसी लिन सहकर्मी पार्टीले मानेका छैनन् भन्दै हिडेका छन् ।’

पूर्वमन्त्री पाण्डेले नेताहरुको अर्कमण्यताकै कारण देश बर्बाद हुने अवस्थामा पुगेको जीकिर गरे । नेताहरुकै कारण एमसीसी लिँदा पनि, नलिदा पनि संकट आउने वातावरण बनाएको आरोप लगाए । कथित ठूला दलहरुलेनै एमसीसी लिदा पनि नलिदा पनि पछुताउनुपर्ने अवस्था बनाएर देशलाई विदेशीको इशारामा हिडाएको जीकिर गरे ।

‘सात प्रदेशका मुख्यमन्त्री, मन्त्री, सांसद हटाउने हो भने ५५ अर्ब बढी आर्थिक भार घट्छ’, उनले भने, ‘जनताले पाल्नुपर्ने, तलब भत्ता दिनुपर्ने, गाडी सुविधा के का लागि भनेर जनताले प्रश्न गरेका छन् ।’ उनले देशलाई संकटको भूमरीबाट राप्रपाले मात्रै निकाल्न सक्ने दाबी गरे । ‘देशको सुख शान्ति, जातीय मेलमिलाप, धार्मिक एकता जस्ता काम गर्न अब राप्रपाको विकल्प छैन’, उनले भने, ‘अबका चुनावमा जनताले राप्रपा छान्नेछन्, देशलाई संकटको भूमरीबाट निकाल्नेछन् ।’ उनले राप्रपामा युवाहरुको प्रवेशको लहरनै चलेको बताए ।

‘केन्द्रीय कार्यालयमा दिनहुँ मेला जस्तो छ, प्रवेश गर्नेहरुको लहर छ’, उनले भने, ‘चितवनमा पनि पार्टी प्रवेशको लहर आएको छ ।’

राप्रपा सहमहामन्त्री रिना गुरुङले राष्ट्रहित विपरितको एमसीसी सम्झौता ल्याएर देशलाई ठूलो संकटमा धकेल्ने काम हुन लागेकाले खबरदारी आवश्यक रहेको बताइन् । कार्यक्रममा राप्रपा केन्द्रीय सदस्य हिक्मतजंग कार्की, पूर्वकेन्द्रीय सदस्य रामहरि कँडेल, पूर्व कार्यसम्पादन सदस्य मधु अधिकारी, प्रदेश सदस्यहरु जानुजंग लामा, माधव भट्टराई, राप्रपा चितवनका अध्यक्ष रुद्रप्रसाद ढकाल, काठमाण्डौ क्षेत्र नम्बर ४ का क्षेत्रीय अध्यक्ष ऋद्धि राणा लगायतको सहभागिता रहेको थियो । कार्यक्रम चितवन क्षेत्र नम्बर १ का अध्यक्ष बलराम खड्काको अध्यक्षतामा भएको हो ।

images
प्रकाशित मिति :फाल्गुण ३, २०७८ मंगलवार - २२:२०:५५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology