Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

चितवनको कालिकामा मदन भण्डारी फाउण्डेशनको नगर कमिटी गठन

चितवनको कालिकामा मदन भण्डारी फाउण्डेशनको नगर कमिटी गठन

इच्छाकामना न्युज

१३, मंसिर २०७७
चितवनको कालिकामा मदन भण्डारी फाउण्डेशनको नगर कमिटी गठन

चितवन, १३ मंसिर 

images

चितवनको कालिका नगरपालिकामा मदन भण्डारी फाउण्डेसन र स्पोर्टस् एकेडेमी नगर कमिटी घोषणा गरिएको छ ।

आज कालिकामा आयोजित कार्यक्रममा १०१ सदस्यीय फाउण्डेसन र १०१ सदस्यीय स्पोर्टस् एकेडेमी नगर कमिटी घोषणा गरिएको हो ।
मदन भण्डारी फाउण्डेसन नगर कमिटीको अध्यक्षमा केशव लामा रहेका छन् । समितिका उपाध्यक्षहरुमा लक्ष्मण  पौडेल, भोजराम  थपलिया र ज्योति सुनार रहेका छन् भने सचिवमा सिपी अधिकारी, कोषाध्यक्षमा विमला लामा र सहसचिवमा महेशकुमार श्रेष्ठ चयन भएका छन् ।

यस्तै मदन भण्डारी स्पोर्टस् एकेडेमी कालिका नगर कमिटीका अध्यक्षमा पूर्ण महतो, उपाध्यक्षमा नगेन्द्र गिरी, लोकराज चालिसे, नविन थापा, प्रेम थापा र कमल रिजाल, सचिवमा युवराज कामना गुरुङ, सहसचिवमा निमा दोर्जे तामाङ (अनिल), कोषाध्यक्षमा पल्लवी अधिकारी र सहकोषाध्यक्षमा रमेश सिंखडा रहेका छन् ।

दुवै समितिद्वारा संयुक्त रुपमा आयोजित कार्यक्रमलाई वाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले सम्बोधन गरे । सो अवसरमा उनले केपी ओली, माधवकुमार नेपाल, पुष्पकमल दाहाल प्रचण्डलगायतका नेताहरु जनताको बहुदलीय जनवाद (जबज) को बाटोमा हिँडेको बताए । उनले कम्युनिस्ट पार्टीले बहुदलीय प्रतिस्पर्धाबाट जनताको मन जितेर सत्तामा जाने नीति जबजले नै लिएको बताउँदै भने ‘जबजको बाटोमा हिँड्ने तर त्यो बाटोमा हिँडेको छु भन्न डराउने प्रवृत्ति छ ।’ लोकतन्त्रमा यो विषयमा बोल्न पाइन्छ र यो विषयमा बोल्न पाइँदैन भन्ने नमिल्ने बताउँदै मन्त्री ढुंगेलले भने, ‘फाउण्डेसनमा जबजको बारेमा बहस गर्न कसैले रोक्न मिल्दैन ।’ मदन भण्डारी फाउण्डेसन विद्यालय भएको बताउँदै उनले भने, ‘नेपालको कम्युनिस्ट आन्दोलनको बाटो जबज बाहेक अरु छैन ।’

युवाहरु राजनीतिसँगै व्यवसायमा पनि अग्रसर हुनुपर्ने बताउँदै मन्त्री ढुंगेलले भने, ‘एउटा हातमा राजनीतिक झण्डा र अर्काे हातमा उद्यम रोजगारीको झण्डा बोकेर अगाडि बढ्नुपर्छ ।’ राजनीतिसँगै व्यवसायिकतातर्फ नजाने हो भने समाजवादको बाटोमा अगाडि बढ्न नसकिने उनको भनाइ थियो ।

कार्यक्रममा प्रदेश सांसद विजय सुवेदी, फाउण्डेसन जिल्ला वरिष्ठ उपाध्यक्ष शम्भु सुवेदी, सचिव श्याम विष्ट, फाउण्डेसन १ नम्बर क्षेत्रीय समिति सल्लाहकार यादव पाठक, फाउण्डेसनका जिल्ला सदस्य तथा कालिका वडा नं. ३ का वडाअध्यक्ष टिकाराज रिजाल, मदन भण्डारी स्पोर्टस् एकेडेमी कालिका नगर कमिटी सचिव युवराज गुरुङलगायतले बोलेका थिए । नगर अध्यक्ष केशव लामाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष लक्ष्मण पौडेलले स्वागत मन्तव्य राखेका थिए । सो अवसरमा नवगठित दुवै समितिका पदाधिकारी तथा सदस्यहरुलाई जिल्ला सचिव श्याम बिष्टले शपथग्रहण गराएका थिए

images
प्रकाशित मिति :मंसिर १३, २०७७ शनिवार - १९:४२:०५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology