Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

आँबुखैरेनीमा ५ मा चित्र बहादुर आलेको नेतृत्वमा युवा संघ गठन

आँबुखैरेनीमा ५ मा चित्र बहादुर आलेको नेतृत्वमा युवा संघ गठन

इच्छाकामना न्युज

१३, मंसिर २०७७
आँबुखैरेनीमा ५ मा चित्र बहादुर आलेको नेतृत्वमा युवा संघ गठन
images

सानोभञ्ज्याङ, १३ मंसिर । तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं. ५ मा नेकपा निकट युवा संघले संगठन विस्तार गरेको छ। संघले गाउँपालिकाको वडा नं. ५ सानोभञ्ज्याङ्गमा आज एक भेलाको आयाजना गरी संगठन विस्तार गरेको हो।
भेलाले चित्र बहादुर आले मगरको अध्यक्षतामा ३९ सदस्यीय संघको वडा कमिटि विस्तार गरेको छ। संघको वडा कमिटिको उपाध्यक्षमा हेम बहादुर भुजेल र होम बहादुर  राना मगर चयन गरेको छ भने सचिवमा सन्तोष गुरुङलाई चयन गरेको छ। 
भेलामा नेकपाका गण्डकी प्रदेश कमिटि सचिवालय सदस्य पारस गौली प्रमुख अतिथि रहनु भएको थियो भने नेकपा आँबुखैरेनी ५ नं. वडा कमिटिका अध्यक्ष सन्त बहादुर मगरको अध्यक्षतामा सम्पन्न भएको हो। नेकपा आँबुखैरेनी ५ नं. वडा कमिटिका सचिव एवं जिल्ला सदस्य सन्तोष गुरुङले सञ्चालन गरेको कार्यक्रममा नेकपा गाउँकमिटि अध्यक्ष एवं जिल्ला सदस्य प्रेम गुरुङ, जिल्ला सचिवालय सदस्य शुक्र चुमान, जिल्ला सदस्य मिना अधिकारी, नेकपा वडा नं. ३ का कमिटि अध्यक्ष राजाराम के.सी. माइला, युवा संघका सदस्य अंग्रेजी श्रेष्ठ लगायतको सहभागिता रहेको थियो। 

images
images

images
प्रकाशित मिति :मंसिर १३, २०७७ शनिवार - १९:५६:५४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology