Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

मेयरमा २१ वर्षीय युवाकाे उम्मेदवारी घाेषणा

मेयरमा २१ वर्षीय युवाकाे उम्मेदवारी घाेषणा

इच्छाकामना न्युज

६, फाल्गुण २०७८
मेयरमा २१ वर्षीय युवाकाे उम्मेदवारी घाेषणा
images

कैलाली, ६ फागुन । आसन्न स्थानीय तहको निर्वाचनमा लम्की चुहा नगरपालिकाको मेयरमा स्थानीय युवा उदय भाटले स्वतन्त्र उम्मेदवारी घाेषणा गरेका छन् ।

images
images

स्थानीय स्तरमा समाजिक गतिविधिमा सक्रिय २१ वर्षीय  भाटले राजनीति र नेतृत्वप्रति व्याप्त वितिष्णा बदल्नकाे लागि स्वतन्त्र रुपमा राजनितिमा सक्रिय भएकाे भन्दै उम्मेदवारी घाेषणा गरेका हुन् ।

लम्कि बहुमुखी क्याम्पसमा स्नातक तहमा अध्ययनरत भाट सामाजिक काममा सक्रिय भएका कारण युवाहरुमाझ लाेकप्रिय छन् ।

असहाय बालबालिकाहरुको लागी सहारा बन्दै आएका, आर्थिक अबस्था कमजोर भै उपचार गराउन नसक्ने ब्यक्तिको लागी सहयोग अभियान सन्चालन गरी पीडितलाई सहयोग गर्ने गरेका छ्न ।

"यो समय समाजमा फरक सोच राख्ने ब्यक्तिहरुको लागि पनि सर्बेक्षणको समय हो । यो समय मत मात्रै  हाेइन मनको सर्बेक्षण गर्ने पनि समय हो ।" भाटले न्युज कारखानासित भने "नतिजाले प्रभाव पक्कै पार्ने छैन, तर फरक चाहनेहरुको लागि एउटा समय हो त्यसैले पनि मैले उम्मेदवारीको घोषणा गरेको छु ।

 

images
प्रकाशित मिति :फाल्गुण ६, २०७८ शुक्रवार - ०८:०७:२२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology