देवघाट, ६ फागुन । तनहुँको देवघाट गाउँपालिका वडा नम्बर ४ मा बिहिबार भएको कार्यक्रममा राष्ट्रिय युवा संघ नेपालको अध्यक्षमा नरेश थापामगर निर्विरोध चयन भएको छ भने अन्य उपाध्यक्षमा सन्तोष गुरुङ, सचीवमा बुद्धिमान भुजेल लगाए निर्विरोध चयन भएको छ।

कार्यक्रममा देवघाट गाउँपालिका अध्यक्ष दुर्ग बहादुर थापा,देवघाट १ नम्बर वडा अध्यक्ष भिम बहादुर गुरुङ,देवघाट गाउँपालिका नेकपा एमालेका अध्यक्ष केशवचन्द्र न्यौपाने,राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य शान श्रेष्ठ र देवघाट ४ नम्बर वडा नेकपा एमालेका अध्यक्ष मित्रलाल गुरुङ लगाएतको उपस्थिति रहेकोे थियो।