Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

देवघाट गाउँपालिकामा महिलाहरुको लागी दुई दिने उद्घोषण  तालिम सम्पन्न

देवघाट गाउँपालिकामा महिलाहरुको लागी दुई दिने उद्घोषण  तालिम सम्पन्न

आशिक राना

६, फाल्गुण २०७८
देवघाट गाउँपालिकामा महिलाहरुको लागी दुई दिने उद्घोषण  तालिम सम्पन्न

देवघाट, ६ फागुन । तनहुँको देवघाट गाउँपालिकाका महिलाहरुको लागी दुई दिने उद्घोषण कला तालीम प्रदान गरिएको छ। गाउँपालिकाको आयोजनामा संचालित तालिमको आज एक कार्यक्रम बीच सम्पन्न गरिएको छ।

images

समापन कार्यक्रममा प्रमुख अतिथि देवघाट गाँउपालिका अध्यक्ष दुर्ग बहादुर थापाले कार्यक्रमलाई सम्बोधन गर्दै दुई दिने तालिमले गाँउपालिका भित्रका महिला दिदिबहिनीहरुमा सकारात्मक सोचको विकास हुनुका साथै यसले गाउँपालिकाको समृद्धि र विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए। साथै अध्यक्ष थापाले महिलाहरुको क्षेमता बिकासको निम्ति आफुले हरेक संघ संस्थाहरु संग समन्वय गरि अगाडी बढ्ने समेत बताए।

274360715_360615142334871_5194154803423607986_n.jpg

सो कार्यक्रमका बिशिस्ट अतिथि देवघाट गाउँपलिका प्रवक्ता एवं देवघाट ५ नम्बर वडा अध्यक्ष याल बहादुर गुरुङले कार्यक्रम बोल्दै महिला घोषण  तालिमले दिदीबहिनीहरुको नेतृत्व र व्यक्तित्व विकास हुने बताए। साथै वडा अध्यक्ष गुरुङले सामाजिक क्षेत्रहरुमा महिला दिदिबहिनीहरु हिम्मत गरेर अगाडी बढ्नुपर्नेमा जोड दिए ।

दुई दिने तालीममा सिनर्जी एफ एम चितवनका स्टेशन म्यानेजर एवं प्रशिक्षक रामकान्त पौडेलले औपचारिक कार्यक्रम र अनौपचारिक कार्यक्रम कसरी सुरु गर्ने तथा  नेतृत्व र व्यक्तित्व विकासमा कसरी अग्रसरता जनाउने भन्ने विषयमा प्रशिक्षण प्रदान गरेको थियो । साथै प्रशिक्षक पौडेलले तालिममा सिकेका कुराहरुलाई व्यवहारमा लागू गर्न प्रशिक्षार्थीलाई आग्रह गरे।

तालिमका सहभागी महिला दिदिबहिनीहरुले महिलाहरुलाई घोषण तथा  नेतृत्व र व्यक्तित्व विकासका लागि तालिम महत्वपूर्ण रहेको बताए । साथै उनीहरुले सबै महिलाहरुलाई घोषण एवं  नेतृत्व र व्यक्तित्व विकास सम्वन्धी तालिम दिनु आवश्यक रहेको बताएका थिए । 

274158618_458774872407827_964230628038608551_n.jpg

सो कार्यक्रम देवघाट गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत उमनाथ ढकाल, देवघाट गाउँपालिका कार्यपालिका सदस्य यममायाँ गुरुङ, देवघाट गाउँपालिका कार्यक्रम शाखा अधिकृत कृष्णराज पन्त शिक्षा शाखाका शुभद्रा भट्टराई, कृषि शाखाका विपना सुवेदी र प्रविधिक इन्जिनियर शाखाका बिनिता पुनमगर लगाएतको उपस्थिति रहेको थियो भने देवघाट महिला सञ्जालका अध्यक्ष सावित्री न्यौपानेको अध्यक्षता कार्यक्रम सम्पन्न भएको थियो।

images
प्रकाशित मिति :फाल्गुण ६, २०७८ शुक्रवार - २१:४४:२४ बजे

आशिक राना

पत्रकार आशिक राना इच्छाकामना न्युजको देवघाट प्रतिनिधी हुन् भने देवघाट गाउँपालिकाको प्रेस संयोजक समेत हुनुहुन्छ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology