घैैरुङ, ७ फागुन । शहिद लखन गाउँपालिकाको घैरुङमा आज पालिका स्तरीय प्रहरि कार्यालयको उद्घाटन भएको छ । जग्गा प्राप्तीको क्रममा रहेको हुँदा अहिले तत्कालका लागि भाडाको घरमा प्रहरि कार्यालय रहने गरी स्थापना गरिएको हो । आज भएको एक कार्यक्रममा पालिका शहिद लखन गाउँपालिका अध्यक्ष रमेश बाबु थापा मगरको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमको प्रमुख अतिथिमा गोरखाका प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्यले प्रहरि कार्यालयको उद्घाटन गर्नुभएको छ । प्रमुख अतिथिले रिवन काटेर कार्यालयको उद्घाटन गर्नुभएको थियो । विशेष अतिथिहरुमा जिल्ला प्रहरी कार्यालय गोरखाका उपरीक्षक शेखर खनाल, उपअनुसन्धान निर्देशक सुदिप अधिकारी, सशस्त्र प्रहरी निरिक्षक भाष्कर बस्नेतको उपस्थिति रहेको थियो ।
त्यस्तै अतिथिहरुमा वडा नं. ५ का वडाध्यक्ष यम बहादुर राना, वडा नं. ९ का वडाध्यक्ष राम प्रसाद लामिछाने, कार्यपालिका सदस्य नारायण बाबु बराम, नेपाली कांग्रेस प्रदेश १ (क) सभापति खुन प्रसाद रेग्मी, नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेश कमिटि सदस्य रमेश श्रेष्ठ, नेकपा (माओवादी केन्द्र) शहिद लखन गाउँ कमिटि उपाध्यक्ष धुव्र खनाल, नेकपा (माओवादी केन्द्र), शहिद लखन वडा नं. ६ अध्यक्ष अचल गुरुङ्ग, वडा नं ६ का वडा सदस्यहरु केशर बहादुर श्रेष्ठ, लिना थापा, पत्रकार महासंघ गण्डकी प्रदेश कोषाध्यक्ष राजेन्द्र न्यौपाने, घैरुङ्ग स्वास्थ्य चौकी इन्चार्ज इश्वर कुमार श्रेष्ठ, प्रहरी चौकी ताङ्लीचोक कार्यालय प्रमुख प्रहरी सहायक निरिक्षक यम प्रसाद पौडेल, गाउँपालिका कार्यरत कर्मचारीहरु लगायत सर्वसाधारणहरूको बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रममा पत्रकार राजेन्द्र न्यौपाने, खुनप्रसाद रेग्मी, रमेश श्रेष्ठ, ९ नं वडाका वडाध्यक्ष राम प्रसाद लामिछाने, प्रहरी उपरीक्षक शेखर खनाल, प्रमुख जिल्ला अधिकारी शंखरहरी आचार्य, अध्यक्ष रमेश बाबु थापा मगरले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा बोल्दै प्रहरी उपरीक्षक शेखर खनालले नागरिकको सही सूचना नै प्रहरीको लागि प्रमुख हतिहार भएको र कानूनको उल्लघंन गर्ने जो कोहीलाई पनि कानूनी दायरामा ल्याउन नेपाल प्रहरी लागि पर्ने र अपराधमूक्त समाज निर्माण गर्न नागरिक र प्रहरीबीच सम्बन्ध सेतु स्थापना गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि शंखरहरी आचार्यले विना भेदभाव नेपाल प्रहरीले सेवा प्रवाह गर्नुपर्ने, चुनावको घोषणा भएकाले जोखिम संम्भावित क्षेत्रको पहिचान गर्नुपर्ने र प्रहरी चौकी, घैरुङ्ग स्थापनाका लागि जग्गा उपलब्ध गराउनुहुने जग्गादाताहरुलाई धन्यबाद व्यक्त गर्नुभयो ।
कार्यक्रममा बोल्दै अध्यक्ष रमेश बाबु थापा मगरले सुशासन र अमनचयन कायम गरी विकृति विसंगतिलाई कमी गर्न प्रहरी चौकी स्थापनामा सहयोग गर्नुहुने सम्पूर्ण महानुभाव तथा संघ संस्थाहरुलाई गाउँपालिकाको तर्फबाट धन्यबाद व्यक्त गर्नुभयो ।
कार्यक्रममा स्वागत मन्तव्य गाउँपालिका कर्मचारी रामचन्द्र गिरीले राख्नु भएको थियो । भने कार्यक्रमको सञ्चालन कर्मचारी पूर्ण बहादुर गजहरातले गर्नुभएको थियो । नेपाल सरकारको मन्त्रिपरिषद्को मिति २०७६।०६।०७ गतेको निर्णय र गाउँ कार्यापालिकाको मिति २०७८।०४।२० गतेको बैठकको निर्णयअनुसार शहिद लखन गाउँपालिका स्तरीय प्रहरी चौकी, घैरुङ्ग स्थापना भएको हो ।जग्गा प्राप्तिको कार्य अन्तिम चरणमा रहेकाले उक्त जग्गा प्राप्ति पश्चात प्रहरी चौकी भवन निर्माणको कार्य प्रारम्भ हुनेछ । प्रहरी चौकीको आफ्नै भवन निर्माण नहुँदासम्म भाडाको घरमा प्रहरी चौकी रहने र उक्त भाडाको व्यवस्थापन गाउँपालिकाले गर्नेछ ।