Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

अपाङ्गता भएका व्यक्तिको राजनीतिक दलमा सहभागिता १ प्रतिशत पनि हुन सकेन 

अपाङ्गता भएका व्यक्तिको राजनीतिक दलमा सहभागिता १ प्रतिशत पनि हुन सकेन 

सिआईएन

११, फाल्गुण २०७८
अपाङ्गता भएका व्यक्तिको राजनीतिक दलमा सहभागिता १ प्रतिशत पनि हुन सकेन 
images

सुसीला श्रेष्ठ, काठमाडौंँ, ११ फागुन । अपाङ्गता भएका व्यक्तिको राजनीतिक दलमा सहभागिता १ प्रतिशत पनि हुन सकेको छैन । नेपालको कुल जनसङ्ख्याको करिव ११ प्रतिशत अपाङ्गता भएका व्यक्तिहरू भएपनि दलले पार्टीमा अपाङ्गता भएका व्यक्तिलाई स्थान नै नदिएको अपाङ्गता भएकाहरू बताउँछन् । दुबै खुट्टा गुमााउनु भएका भरत बहादुर थापाले राजनीतिक दलले समानताको कुरा गरे पनि समान व्यवहार नगरेको बताउनुभयो ।

images
images

सत्ताधारी दल नेपाली काँग्रेसले केन्द्रीय समितिमा एकजना अपाङ्गता भएका व्यक्तिको प्रतिनिधित्व सुनिश्चित गरेको छ । सहमहामन्त्री भिष्मराज आङ्देङ्बे हाल केन्द्रीय सदस्यमा अपाङ्गता भएका व्यक्तिको सहभागीता रहेको भन्दै भावी दिनमा सभापति नै हुन सक्ने सम्भावना रहेको बताउनुभयो ।

माओवादी केन्द्रले पार्टीको विधानमा अपाङ्गता भएका व्यक्तिको प्रतिनिधित्व २ जनामा सिमित गरेको छ । तर हाल ४ जना अपाङ्गता भएका व्यक्ति केन्द्रीय समितिमा रहेका छन् भने हालसम्म पार्टीको केन्द्रीय पदाधिकारीमा अपाङ्गता भएका व्यक्ति निर्वाचित भएका छैनन् ।

त्यसैगरि नेकपा एमालेले अपाङ्गता भएका व्यक्तिको सहभागीताका लागि विधानमा सुनिश्चित गरेको छैन । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले विधानमा छुटेका केही विषय भए छलफल गरि अघि बढ्न सक्ने बताउनुभयो । एकिकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टी जसपामा समेत अपाङ्गता भएका व्यक्तिको प्रतिनिधित्व कति, भनेर सुनिश्चित गरिएको छैन । अपाङ्गता भएका व्यक्तिको क्षमतामा आशङ्का गरिनु र त्यहि कारणले विधानमै व्यवस्था गर्न दलहरूले आनाकानी गर्नु रहेको राष्ट्रिय अपाङ्ग महासङ्घका अध्यक्ष मित्रलाल शर्माले बताउनुभयो ।

नेपालको संविधानले अपाङ्गता भएका व्यक्तिलाई राजनीतिक अधिकार तथा त्यस्ता अधिकारहरूको उपभोग गर्ने अवसरको प्रत्याभूत गर्नुपर्ने स्पष्ट व्यवस्था गरेको छ । राजनीतिक अधिकार अपाङ्गता भएका व्यक्तिको भएपनि दलले पार्टीमा अपाङ्गता भएका व्यक्तिलाई स्थान दिएको छैन । पछिल्लो तथ्याङ्क अनुसार नेपालमा करिव ३२ लाख जनसङ्ख्या अपाङ्गता भएका व्यक्तिको छ । तर राजनीतिक दलमा उनिहरूको प्रतिनिधित्व भने एक प्रतिशत पनि हुन सकेको छैन । 

images
प्रकाशित मिति :फाल्गुण ११, २०७८ बुधवार - ०९:३७:३१ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology