Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

बेलायतमा कोरोना खोप डिसेम्बर पहिलो साताभित्रै

बेलायतमा कोरोना खोप डिसेम्बर पहिलो साताभित्रै

एजेन्सी

१४, मंसिर २०७७
बेलायतमा कोरोना खोप डिसेम्बर पहिलो साताभित्रै
images

बेलायतमा डिसेम्बर पहिलो साताभित्रै कोभिड खोप उपलब्ध हुने भएको छ। अमेरिकी औषधि कम्पनी फाइजर र जर्मन साझेदार बायोएनटेकले विकास गरेका खोप ७ डिसेम्बरभित्र बेलायत आइपुग्ने विवरण सार्वजनिक भएका छन्। 
एनएचएस इंग्ल्यान्डले बेलायतका अस्पतालमा ७ देखि ९ डिसेम्बरभित्र खोप आइपुग्ने जनाउँदै तयारी अवस्थामा रहन आह्वान गरेको बेलायती अखबारले उल्लेख गरेका छन्। फाइजर र बायोएनटेकले विकास गरेका खोप मानिसलाई कोरोना भाइरसबाट बचाउन ९५ प्रतिशत प्रभावकारी भएको समाचार हालै मात्र प्रकाशित भएको थियो। तर, यसलाई भण्डारण गर्न एकदम न्यून तापक्रम (–७० डिग्री सेन्टिग्रेड) आवश्यक पर्ने बताइएकाले भण्डारण र ओसारपसारमा चुनौती रहेको स्वास्थ्यविद्को धारणा छ।
उक्त खोप स्वीकृतिका लागि सरकारले बेलायती नियामक निकाय मेडिसिन्स एन्ड हेल्थ केयर प्रोडक्ट्स रेगुलेटरी एजेन्सी (एमएचआरए)सँग आग्रह गरिसकेको छ।

images
images

images
प्रकाशित मिति :मंसिर १४, २०७७ आइतवार - १९:२६:३३ बजे

एजेन्सी

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology