Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

१३ औँ सागको खर्च विवरण एक वर्षपछि सार्वजनिक 

१३ औँ सागको खर्च विवरण एक वर्षपछि सार्वजनिक 

इच्छाकामना न्युज

१४, मंसिर २०७७
१३ औँ सागको खर्च विवरण एक वर्षपछि सार्वजनिक 

काठमाण्डौ, १४ मंसिर । राष्ट्रिय खेलकुद परिषद (राखेप) ले १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा भएको खर्च विवरणसार्वजनिक गरेको छ। आज पत्रकार सम्मेलनको आयोजना गरी सर्वाजनिक गरिएको विवरण अनुसार नेपालमा साग प्रतियोगिता आयोजना गर्न १ अर्ब ३१ करोड ७८ लाख ४३ हजार ६१ रुपैयाँ खर्च भएको छ। 
यस्तै पूर्वाधार निर्माणमा विगतदेखि अहिलेसम्म २ अर्ब ८६ करोड १४ लाख २८ हजार ९ सय ७३ रुपैयाँ खर्च भएको राखेपका सदस्यसचिव रमेश कुमार सिलवालले जानकारी गराउनुभयो। यस्तै पदक विजेता खेलाडी, प्रशिक्षक र सहभागी राष्ट्रिय संघलाई नेपाल सरकारको तर्फबाट २२ करोड ७६ लाख बराबरको पुरस्कार रकम २०७६ चैत मसान्तसम्म वितरण गरिएको पनि उहाँले बताउनुभयो। सदस्य सचिव सिलवालले प्रतियोगिता सम्पन्न भएको ३ महिनाभित्र खर्च विवरण सार्वजनिक गर्ने घोषणा गरे पनि काठमाडौं, जनकपुर र पोखराबाट समयमा सम्पूर्ण हिसाबकिताब आउन नसकेका कारण सम्भव नभएको बताउनुभयो। 
गत वर्षबाट महामारीका रुपमा फैलिएको कोभिड—१९ र सागमा सहभागी राष्ट्रहरुबाट प्राप्त रकम र खर्च विवरणको हिसाब फरफारक गर्न सम्पूर्ण सहभागी राष्ट्रको ओलम्पिक कमिटीबाट समेत स्वीकृति लिनुपर्ने बाध्यात्मक व्यवस्था भएकाले ढिलाइ भएको उहाँले बताउनुभयो। सदस्य सचिव सिलवालका अनुसार ३ करोड ५५ लाख ७१ हजार १ सय ३७ रुपैयाँ बैंक मौज्दात रहेको छ। १ करोड ९३ लाख ८० हजार २ सय २४ रुपैयाँ भने फ्रिज भएको उहाँको भनाइ छ। नेपाल सरकारले प्रतियोगिता आयोजना गर्न १ अर्ब २३ करोड १८ लाख ४८ हजार रुपैयाँ दिएको थियो। 
यस्तै टिकट बिक्रीबाट २ करोड ६७ लाख ११ हजार ६ सय ७५, विज्ञापनबाट २० लाख ९९ हजार १ सय ५० रुपैयाँ र सहभागी राष्ट्रबाट ११ करोड २१ लाख ३५ हजार ५ सय ९८ रुपैयाँ प्राप्त भएको उहाँले जानकारी गराउनुभयो। साग प्रतियोगिताको उद्घाटन र समापन समारोहमा मात्रै ११ करोड ५९ लाख, ८८ हजार ८ सय ४ रुपैयाँ खर्च भएको विवरण राखेपले सार्वजनिक गरेको छ। यस्तै होटल बसोबासमा १३ करोड ५९ लाख, ६७ हजार ६ सय ८३ रुपैयाँ खर्च भएको छ। खेल सामग्री व्यवस्थापनमा २८ करोड २२ लाख, ८३ हजार ८ सय ८१ रुपैयाँ, राष्ट्रिय टीम व्यवस्थापनमा ३० करोड ८० लाख, ८१ हजार ९३९ रुपैयाँ खर्च भएको छ। 
यस्तै सचिवालय खर्च (काठमाडौँ) ६ करोड ७४ लाख, ५६ हजार ४ सय ७९, पोखरामा ७ करोड, ६२ लाख, ९८ हजार २ सय २४ र जनकपुरमा ८० लाख ३७ हजार २ सय १२ रुपैयाँ खर्च भएको छ। १४ औँ साग आयोजना गर्ने पालो पाकिस्तानको भए पनि पाकिस्तान सरकारले अहिलेसम्म औपचारिक निर्णय गरिसकेको छैन। पाकिस्तानले तोकिएको समयमा प्रतियोगिता आयोजना गर्न असफल भए बंगलादेश र श्रीलंकाले संयुक्त रुपमा प्रतियोगिता आयोजना गर्ने इच्छा देखाएको पनि उहाँले बताउनुभयो।

images

images
प्रकाशित मिति :मंसिर १४, २०७७ आइतवार - १९:२८:३५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology