Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

कोरोनाको नयाँ स्वरुप देखा पर्नसक्ने सम्भावना कायमै, स्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध 

कोरोनाको नयाँ स्वरुप देखा पर्नसक्ने सम्भावना कायमै, स्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध 

सिआईएन

१२, फाल्गुण २०७८
कोरोनाको नयाँ स्वरुप देखा पर्नसक्ने सम्भावना कायमै, स्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध 
images

स्नेहा कर्ण, काठमाडौँ, १२ फागुन । एक साता अघि मात्रै, विश्व स्वास्थ्य सङ्गठनले कोरोनाको नयाँ स्वरुप आउन सक्ने बताएपनि नयाँ स्वरुप कस्तो हुनेबारे भन्न नसकिने डब्लुएचओले जनाएको छ । फेरि आउन सक्ने कोरोनाको नयाँ स्वरुप कति खतरनाक हुन्छ र कुन उमेर समुहलाई प्रभावित बनाउँछ भन्ने बारेमा अहिले नै थाहा नहुने भएको हो । 

images
images

कोरोनाको जोखिम लामो समय रहिरहने भएकाले सावधानी अपनाइरहन डा. प्रज्ववल श्रेष्ठको सुझाव छ । कोरोनको पछिल्लो स्वरुप ओमिक्रोनको असर केही कम भइसकेपछि अब यसको नयाँ स्वरुपबारे सबैको चासोको विषय बनेको छ वैज्ञानिकहरू अझै पनि कोरोनाबारे अध्ययनमा नै छन् । सुरुदेखि नै यसको स्वरुप र प्रभाव एकै किसिमको नभएकाले पनि तत्कालै केही भन्न सक्ने अवस्था नरहेको डाक्टरहरू बताउँछन् ।

कोरोना महामारी सुरु हुँदा देखिएका स्वास्थ्य समस्या नयाँ स्वरुप फेला परेसँगै परिवर्तन भएका थिए । सुरुमा कोरोनाले दीर्घरोगीलाई मात्रै समस्या गराएको थियो भने डेल्टासहितका स्वरुपले सबै उमेर समूहलाई प्रभावित बनाएको थियो । 

पछिल्लो समय फेला परेको ओमिक्रोनको जोखिम डेल्टाभन्दा कम देखिएको भएपनि यसलाइ कमजोर मान्न नहुने र नयाँ स्वरुपको जोखिम पनि कायमै रहेको सङ्क्रामक रोग विशेषज्ञ डा.जनक कोइरालाको भनाइ छ । विज्ञहरू स्वाइन फ्लू, इन्फ्लूएन्जा, स्क्रब टाइफस, डेङ्गी, मलेरिया लगायत सङ्क्रामक रोगको जोखिम पनि सँधै कायमै रहेकाले कोरोनाको जोखिम पनि कायमै रहने अनुमान गर्छन् । 

आगामी दिनमा कोरोनाको स्वरुप कस्तो देखिन्छ भन्ने एकिन नभएपनि जनस्वास्थ्यका मापदण्डलाई दैनिक बानी व्यवहारमा उर्तान डाक्टरहरूको सुझाव छ । 

images
प्रकाशित मिति :फाल्गुण १२, २०७८ बिहिवार - ०९:००:४७ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology