Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

स्थानीय तहको निर्वाचनमा सहभागी हुन २९ नयाँ दलले दिए निवेदन

स्थानीय तहको निर्वाचनमा सहभागी हुन २९ नयाँ दलले दिए निवेदन

इच्छाकामना न्युज

१२, फाल्गुण २०७८
स्थानीय तहको निर्वाचनमा सहभागी हुन २९ नयाँ दलले दिए निवेदन
images

काठमाडौं, १२ फागुन । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सहभागी हुन २९ नयाँ दलले निर्वाचन आयोगमा निवेदन दिएका छन् । 

images
images

‘निर्वाचनमा भाग लिनका लागि दर्ता हुन निवेदन दिने दलहरुको संख्या २९ पुगेको छ,’ आयोगद्वारा बिहीबार जारी विज्ञप्तिमा उल्लेख छ । 

निर्वाचनमा भाग लिन निवेदन दिने नयाँ दलमा बहुजन एकता पार्टी नेपाल, वैज्ञानिक समाजवादी पार्टी, नेपाल सद्भावना पार्टी, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), तामाङसालिङ लोकतान्त्रिक पाटी, राष्ट्रिय जनमुक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी छन् ।

यस्तै, नेपाल समावेशी पाटी, राष्ट्रिय जनमोर्चा, राष्ट्रिय विकास पार्टी, नागरिक उन्मुक्ति पाटी, खुम्बुवान राष्ट्रिय मोर्चा, नेपाल परिवार दल, नेपाल विवेकशील पार्टी, नेपाल संसदीय समाजवादी पार्टी, सचेत नेपाली पार्टी, सामाजिक लोकतान्त्रिक पार्टी नेपाल, समाजवादी केन्द्र नेपाल र पिछडावर्ग निषाद दलित जनजाति पार्टी लगायतले पनि निवेदन दिएका छन् । 

images
प्रकाशित मिति :फाल्गुण १२, २०७८ बिहिवार - १७:१९:३० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology