चितवन, १५ मंसिर । हाल देशभरको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज दिनभर मौसम सफा रहने भए पनि भोलि राति र पर्सि दिउँसो गण्डकी, वागमती र प्रदेश १ का पहाडी भू–भागमा आंशिक बदली रही बाँकी स्थानहरूमा सामान्यतया सफा रहने अनुमान गरिएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी २४ घण्टा देशका धेरै स्थानहरूको वायुको तापक्रममा गिरावट आउनुको साथै तराई भूभागमा बिहानीपख हुस्सु लागेको छ। त्यसैले सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु महाशाखाले अनुरोध गरेको छ।