Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

दक्षिण अफ्रिकाविरुद्धको टी–ट्वान्टी क्रिकेट सिरिजमा इंग्ल्यान्डको जित 

दक्षिण अफ्रिकाविरुद्धको टी–ट्वान्टी क्रिकेट सिरिजमा इंग्ल्यान्डको जित 

एजेन्सी

१५, मंसिर २०७७
दक्षिण अफ्रिकाविरुद्धको टी–ट्वान्टी क्रिकेट सिरिजमा इंग्ल्यान्डको जित 
images

घरेलु टिम दक्षिण अफ्रिकाविरुद्धको टी–ट्वान्टी क्रिकेट सिरिज इंग्ल्यान्डले जितेको छ। हिजो भएको दोस्रो खेलमा दक्षिण अफ्रिकालाई ४ विकेटले पराजित गर्दै इंग्ल्यान्डले एक खेल अगाबै सिरिज जितेको हो।
दक्षिण अफ्रिकाले दिएको १सय ४७ रनको लक्ष्य इंग्ल्यान्डले १९ ओभर ५ बलमा ६ विकेट गुमाएर पूरा गर्यो। इंग्ल्यान्डको जितमा डाविड मालनले ५५ रनको अर्धशतकीय इनिङ्स खेल्नुभएको थियो। 
यस अघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २० ओभरमा ६ विकेट गुमाएर १ सय ४६ रन बनाएको थियो। दक्षिण अफ्रिकाका लागि कप्तान क्विन्टन डी ककले ३० रन जोड्दा जर्ज लिन्डेले २९ रन बनाउनुभयो। 
जितसँगै इंग्ल्यान्डले ३ खेलको सिरिजमा २–० को अग्रता समेत बनाएको छ । दुई टिमबीचको तेस्रो तथा अन्तिम खेल मंगलबार हुनेछ। 

images
images

images
प्रकाशित मिति :मंसिर १५, २०७७ सोमवार - १०:०६:२९ बजे

एजेन्सी

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology