Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

युक्रेनमा रहेका नेपालीलाई धैर्य गर्न गैरआवासीय नेपाली संघको आग्रह

युक्रेनमा रहेका नेपालीलाई धैर्य गर्न गैरआवासीय नेपाली संघको आग्रह

इच्छाकामना न्युज

१७, फाल्गुण २०७८
युक्रेनमा रहेका नेपालीलाई धैर्य गर्न गैरआवासीय नेपाली संघको आग्रह
images

काठमाडौं, १७ फागुन । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले युक्रेनमा रहेका नेपालीलाई धैर्य गर्न आग्रह गरेको छ । 

images
images

‘अझै पनि केही साथीहरु युक्रेनपट्टिको समस्याका कारण पोल्याण्ड प्रवेश गर्न सक्नुभएको छैन । हामीले उहाँहरुलाई सुरक्षित रुपमा पोल्याण्ड प्रवेश गराउने कोशिस जारी राखेका छौं,’ एनआरएनएका अध्यक्ष कुमार पन्तले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । 

युद्धका कारण युक्रेन छोडेर सीमावर्ती देश प्रवेश गर्ने नेपालीहरुको अवस्था बुझ्न पन्त अहिले युक्रेन र पोल्याण्डको सीमा–नाका मेडिकामा पुगेका छन् ।

सीमामा कूटनीतिक सहजीकरण कसरी गर्न सकिन्छ भन्नेबारे जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्कासँग छलफल भइरहेको समेत उनले जनाएका छन् । 

‘यस युद्धको कठिन घडीमा चाहँदाचाहँदै पनि कतिपय विषय भनेजसरी अघि बढ्न सकिरहेको छैन । हामीले प्रयास जारी राखेकाले केही समय धैर्य गर्न म युक्रेनपट्टि रहनुभएका साथीहरुलाई आग्रह गर्दछु,’ अध्यक्ष पन्तले भने । 

सोमबार सिमानामा रहेका नेपालीमध्ये करिब ५० प्रतिशत लाई रेल र बस मार्फत गन्तव्यतर्फ पठाइएको उनले बताएका छन् । 

‘अहिले मुख्य गरी युक्रेनी सीमा पार गर्न र पोल्याण्ड प्रवेश गरेकालाई अन्य सहरमा लगेर राख्न सहजीकरण आवश्यक परेकाले त्यस कार्यमा म सक्रिय रुपमा लागिरहेको छु । यहाँहरु सबैको रचनात्मक सहयोगको अपेक्षासहित समस्यामा रहनुभएकाहरुको सक्दो चाँडो उद्धार हुनेछ भन्ने विश्वास दिलाउन चाहन्छु,’ उनले भनेका छन् । 

 

images
प्रकाशित मिति :फाल्गुण १७, २०७८ मंगलवार - २१:१५:४५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology