Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

गोरखा शहिद लखनको बुंकोटमा सन्तानेश्वर महादेवको मन्दिर निर्माण

गोरखा शहिद लखनको बुंकोटमा सन्तानेश्वर महादेवको मन्दिर निर्माण

इच्छाकामना न्युज

१८, फाल्गुण २०७८
गोरखा शहिद लखनको बुंकोटमा सन्तानेश्वर महादेवको मन्दिर निर्माण

शहिदलखन, बुङकाेट, १८ फागुन । भूकम्प जानू अघि २०७१ सालकाे शिवरात्री पर्वमा सन्तानेश्वर महादेव परिसरमा छमछमी नाचेका बुङ्काेटका बासु ढकाल भूकम्प गएकाे छ वर्ष पुग्नै लाग्दा २०७८ सालमा आज नाच्न पाउँदा अत्यन्तै खुशी देखिन्थ्ये । पञ्चैवाजाकाे टाेलीले गित गाउँदा हाेस् वा भजनमण्डलीले भजन गाउँदा हाेस् सन्तानेश्वर मन्दिर परिसरमा आयाेजित कार्यक्रममा धित पुग्ने गरी नाच्न पाएकाे भन्दै निक्कै खुशी देखिन्थ्ये ।

images

आफ्नै गाउँकाे आँगनीमा रहेकाे मन्दिरलाइ भूकम्पले खर्ल्यापखुर्लुप्पै बनाएर भत्काइदिएपछि याे मन्दिर बन्छ वा बन्दैन भनेर गाउँलेहरु अन्याैलमै रहेका थिए । मन्दिरका भग्नावशेष दुइ वर्षसम्म यत्रतत्र छरिएर रहे । जव राज्यमा २०७२ साल असाेज ३ गते सँविधान जारी भएर राज्य पुर्नसँरचना भइ स्थानीय तह निर्माण भयाे, त्यसपछि सन्तानेश्वर महादेव मन्दिरले पनि क्रमश उठ्ने माैका पायाे  ।

टाेल सुधार समूहका अध्यक्ष भक्त ढकाल मन्दिर राम्राे बनेकाेमा आफूलाइ आनन्द लागेकाे बताउँछन् । भक्तजनहरु सन्तानेश्वर महादेवकाे दर्शनका लागि टाढा देखि आउने गरेकाे उनी बताउँछन् । स्थानीय समाजसेवी नागरिकहरु, स्थानीय सरकार र प्रदेश सरकारकाे सहयाेगमा मन्दिरकाे पुर्नसँरचना भएकाे सन्तानेश्वर मन्दिर व्यवस्थापन समितिका अध्यक्ष उत्तर कुमार श्रेष्ठ बताउँछन् । सचेत बुँकाेटवासी नागरिकहरुकाे पहलमा याे निर्माण सम्भव  भएकाे हाे, सहयाेग गर्ने सबै सहयाेगीलाइ हामी बुँकाेटका नागरिकहरु धन्यवाद प्रदान गर्दछाैँ श्रेष्ठले भने ।

सन्तानेश्वर मन्दिर प्राङ्गणमा आयाेजित कार्यक्रमलाइ सफल बनाउन प्रमुख अतिथि शहिदलखन गाउँपालिका अध्यक्ष रमेश थापा मगरलाइ निम्त्याइएकाे थियाे । पालिका अध्यक्ष थापाले धार्मिक र साँस्कृतिक महत्वका सम्पतिहरुकाे सँरक्षण र सम्वर्दन गर्ने गाउँपालिकाकाे निति रहेकाे बताए । सन्तानेश्वर महादेवकाे मन्दिर परिसर क्षेत्रलाइ पर्यटकिय गन्तव्यकाे रुपमा विकास गर्न गाउँपालिकाले सहयाेग गर्ने बताए ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष इन्दिरा तिवारीले बुङ्काेटका नागरिकहरु विकासका लागि एकजुट भएर अघि बढेकाे देख्दा आफू गाैरान्वित भएकाे बताइन ।

वडा नम्बर ८ का वडा अध्यक्ष काशीनाथ अम्गाइले सन्तानेश्वर मन्दिरकाे पुर्ननिर्माणका लागि सघाउने सबैलाइ धन्यवाद दिदैँ वडाबाट गर्नुपर्ने सम्पूर्ण सहयाेग आफूले गर्ने बताए ।

वडा नम्बर ७ का अध्यक्ष शरण श्रेष्ठले युवाहरुले चाहे भने सबै कुरा सम्भव छ भन्ने कुरा सन्तानेश्वर मन्दिर निर्माणकाे काम हेरेर  भन्न सकिने बताए । बुङ्काेट क्षेत्र एेतिहासिक महत्व वाेकेकाे क्षेत्र भएकाले यहाँ विकासकाे अथाह सम्भावना रहेकाे उनकाे भनाइ छ ।

गाउँकार्यपालिका सदस्य सकुन थापा मगरले वडा नम्बर ८ र ७ का नागरिकहरु विकासका लागि मिलेर काम गर्दा अन्य वडाहरुलाइ समेत सिकाे गर्न सजिलाे हुने गरेकाे बताइन । सन्तानेश्वर मन्दिर क्षेत्र धार्मिक क्षेत्र रहेकाे बताइन । यहाँ रहेकाे खाली जग्गामा पिकनिक स्पाेट बनाएर यस क्षेत्रकाे विकास गर्न आफूले सकेकाे सहयाेग गर्ने उनकाे भनाइ छ ।

सन्तानेश्वर महादेव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष उत्तर कुमार श्रेष्ठकाे अध्यक्षतामा भएकाे कार्यक्रममा समितिका सचिव अमृत श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए । समितिका काेषाध्यक्ष बासु ढकाल, टाेल समूहका अध्यक्षहरुबाट भक्त ढकाल, सामुदायिक विद्यालयहरुकाे प्रतिनिधित्व गर्दै रामेश्वरी मा‍.‍वि. का प्रधानाध्यापक जीवन अँगाइ, लगायतले महाशिवरात्री पर्वकाे अवसरमा शुभकामना मन्तव्य प्रदान गरेका थिए ।

कार्यक्रमलाइ सफल बनाउन शिवशक्ति भजन समूह, कृषि तथा उद्यमशिल महिला समूह, राधाकृष्ण भजन समूह,छापथाेक निगरानी महिला समूह, पाेखरी डाँडा भजन समूह, पञ्चैवाजा समूहकाे साँगितिक प्रस्तुति रहेकाे थियाे । कार्यक्रम नव इन्द्रेणी बुँकाेट युवा क्लवका अध्यक्ष राजेश श्रेष्ठले सञ्चालन सहजिकरण गरेका थिए  ।

सामाजिक अभियान्ताहरु उत्तर कुमार श्रेष्ठ, अमृत श्रेष्ठ,नवराज अँगाइ बासु ढकाल, सङ्कल्प श्रेष्ठ लगायतकाे आर्थिक सङ्कलन अभियानबाट सन्तानेश्वर मन्दिर निर्माण भएकाे थियाे । मन्दिर निर्माणका लागि शहिदलखन गाउँपालिका र गण्डकी प्रदेश स्थित पर्यटन मन्त्रालयले समेत सहयाेग गरेकाे थियाे । युवाहरुकाे सक्रितामा  सन्तानेश्वर महादेवकाे मन्दिर बनेपछि यहाँका स्थानीय नागरिकहरु र मन्दिरमा पूजा भर्न आएका भक्तजनहरु छमछमी नाचेका छन् । यस मन्दिर क्षेत्रकाे अझै विकास हुने भक्तजनहरुकाे अपेक्षा रहेकाे छ ।

images
प्रकाशित मिति :फाल्गुण १८, २०७८ बुधवार - ०८:२२:२१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology