Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

जाजरकाेटमा १७० किलाेवाटकाे सोलार मिनिग्रेट, ४१७ परिवार लाभान्वित हुने

जाजरकाेटमा १७० किलाेवाटकाे सोलार मिनिग्रेट, ४१७ परिवार लाभान्वित हुने

इच्छाकामना न्युज

१९, फाल्गुण २०७८
जाजरकाेटमा १७० किलाेवाटकाे सोलार मिनिग्रेट, ४१७ परिवार लाभान्वित हुने
images

हेमन्त केसी, जाजरकोट, १९ फागुन । वैकल्पिक उर्जा प्रर्वद्धन केन्द्रले जाजरकोटको बारेकोट गाउँपालिका-५ तोलखानामा १७० किलोवाटको सोलार मिनिग्रेट स्थापना गरेको छ । 

images
images

४१७ घरपरिवार लाभान्वित हुनेगरी मिनिग्रेट स्थापना गरिएको जलस्रोत तथा उर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले जानकारी दिए ।

विद्युतको पहुँच नपुगेको बारेकोट गाउँपालिकामा तत्काल यहाँका सर्वसाधारणलाइ बत्ती दिने उद्देश्यले यो काम गरिएको मन्त्री सिंहले बताए । बुधबार सिंहले सो मिनिग्रेटको उद्घाटन गरे ।

जाजरकोट सदरमुकामबाट ७२ किलोमिटर उत्तरपूर्वमा रहेको तोलखाना, नायकबाडा, पाखा लगायत गाउँ सोलारबाट विद्युतीकरण हुन लागेका हुन् । 

स्थानीय खड्कविक्रम शाहीले भने, 'टुकीकाे भरमा थियाैं, साेलार बत्ती आएपछि हामी खुसी छौँ ।’  

बारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले सबै नागरिकमा विद्युत पुर्‍याउन काम भइरहेकाे बताए । 

 

 

images
प्रकाशित मिति :फाल्गुण १९, २०७८ बिहिवार - ०८:४३:४२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology