Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

नेपालमा नो भोटको व्यवस्था कार्यान्वयन हुन सकेन 

नेपालमा नो भोटको व्यवस्था कार्यान्वयन हुन सकेन 

सिआईएन

१९, फाल्गुण २०७८
नेपालमा नो भोटको व्यवस्था कार्यान्वयन हुन सकेन 
images

सुसिला श्रेष्ठ, काठमाडौँ, १९ फागुन । नेपालमा वर्षौ अघिदेखि नो भोट अर्थात कसैलाई पनि मत दिन्न भन्ने व्यवस्था राख्नुपर्ने बहस चलेपनि कार्यान्वयन भएको छैन । सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको चुनाव घोषणा गरिसकेको छ । स्थानीय तहमा उठ्न चाहनेले उम्मेद्वारी दिन्छु भन्दै घोषणा गर्ने क्रम पनि सुरु भइसकेको छ । चुनावका समयमा राजनीतिक दल मात्रै नभइ मतदाता पनि विभाजित हुने गरेका छन् । यसपटकको निर्वाचनमा पनि यसबारेमा बहस सुरु भएको छ । 

images
images

काभ्रेका सानु तामाङले उम्मेद्वार मन नपरेको खण्डमा कसैलाइ पनि मत दिन्न अर्थात नो भोट भन्ने विकल्प सहितको व्यवस्था हुनुपर्ने बताउनुभयो । मतदाताले चुनावमा उठेका उम्मेद्वारमध्ये मलाई कसैको विश्वास छैन वा कसैलाई पनि मत दिन्न भनेर मत दिन पाउने व्यवस्था नै नो भोट हो ।

सर्वोच्च अदालतले ८ वर्षअघि नै कुनै पनि उमेद्वार मन नपरेमा अस्वीकार गर्न पाउने अधिकार सुरक्षित हुने गरी कानून बनाउन सरकारका नाममा आदेश जारी गरेको थियो । तर अहिले सम्म यसबारेमा कानुन नबन्दा यस पटकको निर्वाचनमा पनि नो भोटको व्यवस्था संभव नभएको निर्वाचन आयोगका सह प्रवक्ता सुर्य प्रसाद अर्यालले बताउनुभयो । हाल अमेरिका, अष्ट्रेलिया, भारत लगायत विश्वका कैयौँ मुलुकले ‘नो भोट’ को अभ्यास गरिसकेका छन् । नेपालमा पनि यसको व्यवस्था राख्दा निर्वाचन प्रक्रिया अझै लोकतान्त्रिक हुने विज्ञहरू बताउँछन् ।

नो भोटको व्यवस्था भएमा चुनावी मतपत्रमा चुनाव चिन्ह जस्तै एउटा विकल्प नो भोट पनि हुन्छ । उम्मेद्वारको पक्षमा जत्तिकै भोट नो भोटमा पनि आउन सक्ने डरले राजनीतिक दल यसको विपक्षमा रहेको कतिपयको विश्लेषण छ । 

images
प्रकाशित मिति :फाल्गुण १९, २०७८ बिहिवार - ०९:२९:२८ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology