Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

देवघाट ३ का वडाध्यक्ष आलेको तस्वीरमा गाउँपालिकाद्वारा श्रद्धाञ्जली अर्पण

देवघाट ३ का वडाध्यक्ष आलेको तस्वीरमा गाउँपालिकाद्वारा श्रद्धाञ्जली अर्पण

आशिक राना

२०, फाल्गुण २०७८
देवघाट ३ का वडाध्यक्ष आलेको तस्वीरमा गाउँपालिकाद्वारा श्रद्धाञ्जली अर्पण
images

देवघाट, २० फागुन । केहिदिन अघि कार्यालयबाट घर फर्कने क्रममा भिरबाट लडेर मृत्यु भएका तनहुँको देवघाट गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष एवं कार्यपालिका सदस्य कृतिमान आलेको तस्वीरमा श्रद्धाञ्जली अर्पण गरेको छ। स्वर्गीय वडाध्यक्ष आलेको तस्विरमा आज गाउँपालिकाका सम्पूर्ण टिमले श्रद्धाञ्जली अर्पण गरेको हो।

images
images

275029967_510915103889693_8092686747542905168_n.jpg

श्रद्धाञ्जली कार्यक्रममा देवघाट गाउँपालिका अध्यक्ष दुर्ग बहादुर थापामगर, उपाध्यक्ष बिमाला थापा मगर, प्रशासकीय अधिकृत रमेश सुवेदी, देवघाट १ का वडाध्यक्ष भिम बहादुर गुरुङ, ४ का वडाध्यक्ष पदम बहादुर गुरुङ, ५ का वडाध्यक्ष याल बहादुर गुरुङ, कार्यपालिका सदस्यहरु अनिता गुरुङ, भोगिमायाँ रानामगर, यममायाँ गुरुङ, चन्द्रप्रकाश बि.क. लगायतले स्वर्गीय आलेको तस्वीरमा श्रद्धाञ्जली अर्पण गरेका थिए। 

स्वर्गीय आले स्थानीय तहको निर्वाचन २०७४ मा नेपाली कांग्रेसबाट उम्मेद्वार बनि देवघाट ३ को वडाध्यक्षमा निर्वाचित भएको थियो। उनको गत आईतबार भिरबाट लडेर मृत्यु भएको थियो।

images
प्रकाशित मिति :फाल्गुण २०, २०७८ शुक्रवार - १९:५२:१४ बजे

आशिक राना

पत्रकार आशिक राना इच्छाकामना न्युजको देवघाट प्रतिनिधी हुन् भने देवघाट गाउँपालिकाको प्रेस संयोजक समेत हुनुहुन्छ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology