Logo

बिहिवार, कार्तिक २७ गते २०८३

images
२०८३, कार्तिक २७ गते
images

आज ३३ औं विश्व एड्स दिवस, नेपालका २९ हजारभन्दा बढीमा एचआईभी सङ्क्रमण

आज ३३ औं विश्व एड्स दिवस, नेपालका २९ हजारभन्दा बढीमा एचआईभी सङ्क्रमण

images

सिआईएन

१६, मंसिर २०७७
आज ३३ औं विश्व एड्स दिवस, नेपालका २९ हजारभन्दा बढीमा एचआईभी सङ्क्रमण
images

काठमाण्डौ, १६ मंसिर । आज ३३ औं विश्व एड्स दिवस, नेपालमा पनि मनाइँदैछ। यस वर्ष ‘‘एचआईभी नियन्त्रण तथा रोकथामको लागि विश्वव्यापी ऐक्यवद्धता तथा साझा जिम्मेवारी’’ नारा तय गरेर दिवस मनाउन थालिएको हो। 
कोरोना महामारीका कारण यस वर्ष अन्य वर्ष झै ठूला कार्यक्रमको आयोजना नगरिने भएको छ। दिवसको अवसरमा राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले नेपालमा ८० प्रतिशतभन्दा बढी असुरक्षित यौन सम्पर्कबाट एचआइभी सङ्क्रमण सरेको बताएको छ। केन्द्रको तथ्याङ्क अनुसारनेपालमा हाल १७ हजार ५ सय ८७ पुरुष र ११ हजार ९ सय १६ महिलागरी २९ हजार ५ सय ३ जना एचआइभी सङ्क्रमित रहेका छन्। 
यस्तै, नेपालमा हालसम्म ३० जना एचआइभी सङ्क्रमित कोरोना भाइरसबाट सङ्क्रमित भएको पनि केन्द्रले बताएको छ। केन्द्रका निर्देशक डा. सुधा देवकोटाले कोरोना महामारीका कारण एचआईभी सङ्क्रमितहरु प्रभावित भएको भन्दै उनीहरुका लागि एआरटी घर–घरमा पु¥याउने व्यवस्था गरिएको जानकारी दिनुभयो। नियमित औषधि सेवन नगर्ने र लुकेर रहेका एचआइभी संक्रमितहरु मात्र कोरोना संक्रमणको उच्च जोखिममा रहेको उहाँले बताउनुभयो। 
सुईद्वारा लागू पदार्थ प्रयोग गर्नेहरु र पुरुष समलिङ्गी यौनकर्मीहरुमा एचआइभी सङ्क्रमणको दर उच्च रहेको केन्द्रले जनाएको छ। नेपालमा एचआईभी नियन्त्रणका कार्यक्रम सुरु भएको तीन दशक नाघिसकेको छ।

images
प्रकाशित मिति :मंसिर १६, २०७७ मंगलवार - ०९:१९:२५ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology