Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

देवघाट क्षेत्रमा रातीको समयमा दाहसंस्कार गर्न रोक

देवघाट क्षेत्रमा रातीको समयमा दाहसंस्कार गर्न रोक

सिआईएन

२१, फाल्गुण २०७८
देवघाट क्षेत्रमा रातीको समयमा दाहसंस्कार गर्न रोक
images

सुवास लामिछाने, देवघाट, २१ फागुन । देवघाट क्षेत्रमा रातीको समयमा दाहसंस्कार गर्न रोक लगाइएको छ । देवघाट क्षेत्र विकास समितिले राति १० बजेदेखि बिहान ४ बजेसम्म दाहसंस्कारमा रोक लगाएको हो ।

images
images

धार्मिक मान्यता अनुसार रातको समयमा अन्त्येष्टि राम्रो नमानिने र व्यवस्थापनमा समेत कठिन हुने भएकाले रातको समयमा अन्त्येष्टि रोकिएको हो ।  रातको समय गङ्गा विश्रामको समय भएको र शास्त्रीय मान्यता अनुसार रातमा अन्त्येष्टि गर्नु हुँदैन भनेर देवघाट क्षेत्रमा रातीको समयमा दाहसंस्कार गर्न रोक लगाइएको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष बद्री प्रसाद अधिकारीले बताउनुभयो ।

राति एका–एक नदी बढ्न पनि सक्ने र शङ्कास्पद शव आउन सक्ने र जसका कारण अपराधिक क्रियाकलाप बढ्न सक्ने भएकाले रातको समयमा दाहसंस्कार रोकिएको हो । समितिले दाहसंस्कारका लागि ल्याउने शवको दर्ता गर्ने गरेको छ ।

दाहसंस्कारका लागि दाउरा पनि उपलब्ध गराउँदै आएको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरणबाबु घिमिरेले बताउनुभयो । राति १० बजेपछि आउने शवलाई शव प्रतीक्षा भवनमा राखेर बिहान ४ बजेदेखि दाहसंस्कार गर्न भनिएको छ । 

 

images
प्रकाशित मिति :फाल्गुण २१, २०७८ शनिवार - २१:०२:४७ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology