चितवन, २३ फागुन । नेपाली कांग्रेस चितवनको १४ औं जिल्ला अधिवेशनमा इच्छाकामना गाउँपालिकाका अध्यक्ष गीता कुमारी गुरुङ महासमिति सदस्यमा निर्वाचित भएका छन्। शुक्रबार सम्पन्न अधिवेशनको आज बिहान आएको मतपरिणाम अनुसार सर्वाधिक मतका साथ अध्यक्ष गुरुङ महासमिति सदस्यमा निर्वाचित भएका हुन्।
निर्वाचनमा महिलातर्फ २ जनाको कोटामा ३ जनाको प्रतिस्पर्धा भएको थियो। उनले महिलातर्फ सर्वाधिक ५ सय ४८ मत ल्याएन सफल भए। यस्तै अर्को १ जना सदस्यमा ५ सय १८ मतका साथ महिला अधिकारकर्मी मिना खरेल निर्वाचित भएका छन् भने ३ सय ५४ मत ल्याएका बिनु रायामाझी पराजित भएका छन्।