Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

अत्याधिक रक्तश्रावका कारण अछाममा सुत्केरी महिलाको ज्यान गयो 

अत्याधिक रक्तश्रावका कारण अछाममा सुत्केरी महिलाको ज्यान गयो 

सिआईएन

१६, मंसिर २०७७
अत्याधिक रक्तश्रावका कारण अछाममा सुत्केरी महिलाको ज्यान गयो 

कमल रावल । अछाम, १६ मंसिर । अछाममा अत्याधिक रक्तश्रावका कारण सुत्केरी महिलाको मृत्यु भएको छ। गएराति १२ बजेर १५ मिनेटमा जिल्ला अस्पतालमा तुर्माखाँद गाउँपालिका वडा नम्बर ४ का ३८ बर्षिया नामसरा कामीको मृत्यु भएको जिल्ला अस्पताल अछामका निमित्त प्रमुख डाक्टर अतुल भारद्धाजले जानकारी दिनु भयो। 
हिजो सोमबार मध्यान्ह १२ बजे नै सुत्केरी बेथा लागेर रक्तश्राव हुन थालेपछी स्थानिय स्वास्थ्य संस्थामा सुत्केरी हुन सम्भव नभएपछी बेलुका ४÷५ बजे मात्रै जिल्ला अस्पतालमा जानकारी आएपछि करिब साढे ४ घण्टापछी मात्रै जिल्ला अस्पतालमा पु¥याईएको डाक्टर भारद्धाजले बताउनु भयो। 
छैटौँ बच्चाको आमा बन्न लागेकी नामसरालाई अस्पताल पु¥याईसकेपछी रक्तश्राव हुदा हुदै रगतको निकै अभाब हुदासुत्केरी महिलाको ज्यान बचाउन नसकीएको उहाँले बताउनु भयो। नामसराको पेटको बच्चाको नै पहिले मुत्यु भईसकेको पनि उहाँले बताउनुभयो। 

images

images
प्रकाशित मिति :मंसिर १६, २०७७ मंगलवार - १८:१९:०५ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology