Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै दलहरू तयारीमा जुटे 

स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै दलहरू तयारीमा जुटे 

इच्छाकामना न्युज

२५, फाल्गुण २०७८
स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै दलहरू तयारीमा जुटे 
images

काठमाण्डौ, २५ फागुन । स्थानीय तहको निर्वाचन आउन ६३ दिन मात्रै बाँकी रहदा दलहरू तयारीमा जुटेका छन् । सत्तागठबन्धन तथा प्रतिपक्षी दल एमालेसहित अन्य दलहरूले पनि चुनाव केन्द्रीत गतिविधि बढाएका छन् । शिर्ष नेताहरू चुनाव केन्द्रीत बैठक तथा सभा सम्मेलनमा सहभागी हुन थालेका छन् भने जिल्ला र स्थानीय तहका नेताहरूले आगामी निर्वाचनमा आ–आफ्नो उम्मेद्वारी सुनिश्चित गराउन लबिङ थालेका छन् ।

images
images

महानगर, उपमहानगर, नगरपालिका तथा गाउँपालिकामा आफ्नो उम्मेद्वारी घोषणा गर्ने तथा दाबेदारी प्रस्तुत गर्ने क्रम पनि सुरू भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले भने आफ्नो पार्टीलाई बहुमत दिलाउने माहोल बनाउन कार्यकर्तालाई आग्रह गर्नुभएको छ ।

काँग्रेसले आसन्न चुनाव लक्षित गरेर आउँदो २९ गतेदेखि एक महिनासम्म देशभर प्रचार अभियान सञ्चालन गर्ने निर्णय यसअघि नै गरिसकेको छ । यस्तै, नेकपा एमालले पनि स्थानीय तह केन्द्रीत बनेर यसअघि नै अभियान सुरू गरिसकेको छ । प्रदेश तहमा चुनाब केन्द्रीत प्रशिक्षण गरेपछि एमालेका नेताहरू चुनावी माहोल बनाउने दौडधुपमा लागेका छन् । 

images
प्रकाशित मिति :फाल्गुण २५, २०७८ बुधवार - १०:२५:४३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology