आँबुखैरेनी, २५ फागुन । तनहुँको आँबुखैरेनीमा स्थापना भै संचालित मनकामना माई बहुद्देश्यीय सहकारी संस्था १६ औं वर्षमा प्रवेश गरेको छ। २०६३ सालमा स्थापना भएको संस्थाले आजदेखि संचालनको १५ वर्ष सफलता पूर्वक पूरा गरि १६ औं वर्षमा प्रवेश गरेको हो।
कारोबार र विश्वासको हिसाबले मनकामना माई सहकारी आँबुखैरेनीमा संचालित सहकारी संस्थाहरु मध्य नमुना सहकारीको रुपमा परिचित छ। आम स्थानीयले अत्यन्त विश्वासिलो मानेको संस्थामा २ हजार ६ सय ११ को सदस्य संख्या रहेको छ।
आर्थिक वर्ष २०७७÷०७८ को असार मसान्तसम्मको संस्थाको वित्तिय अवस्थालाई हेर्दा संस्थाको पूँजी ४ करोड ३९ लाख ५६ हजार ७ सय रहेको छ।
यस्तै संस्थाले सो अवधिमा ४१ करोड ९७ लाख ५० हजार ३ सय ३ रुपैयाँ ७५ पैसा निक्षेप संकलन गरी ३५ करोड १४ लाख ५० हजार ६ सय रुपैयाँ कर्जा लगानी गरेको छ। यो सँगै संस्थाले उक्त आर्थिक वर्षमा १ करोड ५८ लाख ८३ हजार १६ रुपैयँ मुनाफा आर्जन गरेको देखिन्छ।
सदस्यहरुलाई अत्याधुनिक बैंकिङ सेवा सहित रेमिट्यान्स सेवा लगायतका वित्तिय सेवाहरु प्रदान गर्दै आईरहेको सहकारीले यहि आर्थिक वर्ष २०७८÷७९ भित्रैमा सहकारी मार्ट समेत संचालनमा ल्याउने तयारी गरिरहेको सहकारीका व्यवस्थापक नारायण तिमिल्सिनाले जानकारी दिए। यस्तै गत वर्षमात्र संस्थाले आफ्नै भवनबाट सेवा दिइरहेको पनि उनले बताए।