Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

विकासमा यो सरकार कटिवद्ध छः सासंद सिग्देल

विकासमा यो सरकार कटिवद्ध छः सासंद सिग्देल

बि.बि. श्रेष्ठ

१६, मंसिर २०७७
विकासमा यो सरकार कटिवद्ध छः सासंद सिग्देल

तनहुँ, १६ मंसिर । प्रतिनिधीसभाका सदस्य एवं नेकपा तनहुँका जिल्ला अध्यक्ष केदार सिग्देलले विकास मा यो सरकार कटिवद्ध भएको वताउनुभएको  छ । सरकारको काम कारवाही देखेर प्रतिपक्ष दल आत्तिएको समेत वहाँले वताउनुभयो । सरकारले जनपक्षिय काम देखेर विपक्षी पार्टीहरु सरकार असफल वनाउन लागिपरेको छ, सासंद सिग्देलले वताए । 
म्याग्दे गााँउपालिका वडा नं १, वाख्रे मा आयोजित जनता साक्षात्कार कार्यक्रममा सासंद सिग्देलले सो कुरा वताउनुभएको हो । सरकारले दीर्घकालिन योजनाका साथ काम गरेको हुदाँ अव समयसगै सरकारको काम देखिने वताउनुभयो । यहि सरकारले नै पानीजहाज र रेल पनि ल्याउने दावी गर्दे विपक्षीहरु सरकार सफल हुने त्रासमा रहेको वताउनुभयो । 
विकास योजनाको अनुगमन र जनगुनासो सुन्न जानुभएको सासंद सिग्देलले सरकारको काम कारवाहीलाई सुक्ष्म ढंगले अध्ययन गर्न आग्रह गर्नुभयो । संघियताका कार्यन्यन सँगै तीनै तहको सरकारले जनताको काम गरेको हुदाँ विकास निर्माणमा नआत्तिन वहाँले आग्रह गर्नुभयो । 
यसैगरि सोही कार्यक्रममा गण्डकी प्रदेशका सांंसद आशा कोईरालाले कम्युनिष्ठको सरकार जनताको सरकार भएको वताउनुभयो । प्रदेश सरकारले पनि यो क्षेत्रको विकास निर्माणमा महत्वपुर्ण भुमिका खेलेको छ, वाटोघाटो, पुल पुलेसा निर्माणका कामले तिव्रताका साथ गति लिएको  छ वहाँले वताउनुभयो । सो अवसरका स्थानिय अगुवाहरुले विकास निर्माण सम्वन्धि छलफल गरेका थिए । 
नेकपा ँम्याग्दे गाँउपालिकाका अध्यक्ष दिल वहादुर नेपालीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेकपा तनहुँका सचिवालय सदस्य श्रीप्रसाद श्रेष्ठ, नेकपा जिल्ला तनहुँका कार्यलय सचिव राजेश्वर ढकाल लगायत स्थानिय वासिन्दाहरुले विकास निर्माण सम्वन्धि धारणा राखेका थिए । 

images

images
प्रकाशित मिति :मंसिर १६, २०७७ मंगलवार - १९:०६:२९ बजे

बि.बि. श्रेष्ठ

लेखक बि. बि. श्रेष्ठ इच्छाकामना न्युजका लागि राजनैतिक विषयमा लेखहरु लेख्नुहुन्छ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology