Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

फिस्लिङ–शक्तिखोर सडकमा ट्याङ्करमा ठोक्किएर मोटरसाईकल भिरबाट खसेको पुष्टि, चालक प्रहरी नियन्त्रणमा

फिस्लिङ–शक्तिखोर सडकमा ट्याङ्करमा ठोक्किएर मोटरसाईकल भिरबाट खसेको पुष्टि, चालक प्रहरी नियन्त्रणमा

पिडित पक्षद्वारा शव बुझ्न अस्वीकार, क्षतीपूर्तीमा कुरा नमिल्दा शवको पोष्टमार्टम हुन सकेन

इच्छाकामना न्युज

२८, फाल्गुण २०७८
फिस्लिङ–शक्तिखोर सडकमा ट्याङ्करमा ठोक्किएर मोटरसाईकल भिरबाट खसेको पुष्टि, चालक प्रहरी नियन्त्रणमा

चितवन, २८ फागुन । चितवनको इच्छाकामना दुर्घटनाका पीडित पक्षले क्षतीपुर्तीको माग गर्दै शव बुझ्न अस्वीकार गरेका छन् । क्षतीपुर्तीका लागि ठक्कर दिने सवारीका धनीले छलफलमा समेत चासो नदेखाएपछि पीडित पक्षले शव नबुझेका हुन् ।

images

शुक्रबार विहान शक्तिखोर –फिस्लिङ सडकखण्ड अन्तरगत इच्छाकामना गा.पा २ वल्र्याङबाट शक्तिखोर तर्फ जादैँ गरेको प्रदेश २–०३–००२ प ५९८६ नम्बरको मोटरसाइकललाई विपरित दिसाबाट आउदै गरेको ना १ क ८१०८ नम्बरको ट्याङ्कक र एकापसमा रमाइलो डाडाँमा ठोक्किदाँ मोटरसाइकलमा सवार इच्छाकामना ३ का ३० बर्षिय तृर्की गुरुङ र उनकी छोरा ५ बर्षिय आरोन गुरुङ र इच्छाकामना.२ बस्ने बर्ष २४ को नविन गुरुङको मृत्यु भएका थिए । ठोक्किएपछि मोटरसाइकल सडकबाट ३०० मिटर तल खसेका थिए । उनिहरुको घटनास्थदमै मृत्यु भएका हुन् ।

शव अहिले भरतपुर अस्पतालमा राखिएको छ । पीडत पक्ष र सवारी साधनका धनीसंग क्षतीपुर्तिका लागि कुरा नमिलेपछि पोष्टमार्टम समेत हुन नसकेको स्थानीय टिका गुरुङले बताए । अहिले इलाका प्रहरी कार्यालय टाँडीमा छलफल भएपनि सहमती हुन सकेको छैन ।

मृतकका आफन्त र इच्छाकामनाका स्थानीयहरुले उचित क्षतीपुर्ती उपलब्ध नगराए सम्म सब नबुझ्ने अडान लिएका छन् । स्थानीय टिका गुरुङले आफुहरुले आजै टुंगो लगाउन माग गरेपनि ठक्कर दिने सवारी धनीले भने भोली मात्र छलफलमा बस्ने बताएको र छलफलका लागि चासो नदेखाएको  बताए ।

अहिले टयाङकर र चालक रत्ननगर नगरपालिका ११ का सन्तराम दराईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

images
प्रकाशित मिति :फाल्गुण २८, २०७८ शनिवार - २०:५२:१४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology