Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

मुक्त कमलरीले अझै पाएनन् परिचयर सेवा सुविधा 

मुक्त कमलरीले अझै पाएनन् परिचयर सेवा सुविधा 

सिआईएन

१७, मंसिर २०७७
मुक्त कमलरीले अझै पाएनन् परिचयर सेवा सुविधा 

केशव भुल । काठमाण्डौ, १७ मंसिर । आज अन्तराष्ट्रिय दासता उन्मुलन दिवस । नेपालमा पनि यो दिवस मनाइरहँदा पश्चिम तराईका १२ हजार मुक्त कमलरीमध्ये अधिकांशको जीवनमा खासै परिवर्तन भएको छैन। २०७० साल असार १३ गते सरकारले कमलरी मुक्तिको घोषणा त ग¥यो, तर मुक्त कमलरीलाई दिने परिचयपत्र र सेवा नपाउँदा उनीहरू पीडामा छन्।
१३ वर्ष कमलरी बस्नुभएका बासगढी बर्दियाका बसन्ती चौधरी सरकारले कमलरी मुक्त घोषणा गरेपछि मुक्ति त पाउनुभयो, तर कतिपय मुक्त कमलरीले परिचयपत्र र तालिम पाइरहँदा उहाँले भने केहि पनि पाउनुभएको छैन। कमलरीबाट मुक्त भएको पाँच वर्ष बितिसक्दा पनि कैलालीका माया चौधरीले पनि अझै पूर्व मुक्त कमलरीको परिचय पत्र पाउनुभएको छैन। जसो तसो अनमी पढे पनि मुक्त कमलरी कोटाबाट जागिर पाउने आशमा तुषारापात भएको छ।
मुक्त कमलरी विकास मञ्च नेपालका अनुसार पश्चिम तराइका ५ जिल्लामा १२ हजार मुक्त कमलरी रहेका छन्। तर अहिलेसम्म ४ हजार ६ सय ६१ जनाले मात्रै परिचयपत्र पाएका छन्। जसमा सबैभन्दा बढी कैलालीमा २ हजार ५ सय पुर्व मुक्त कमलरीले परिचय पत्र पाएका छन् भने त्यसपछि क्रमश दाङमा १ हजार ४ सय ४५, कञ्चनपुरमा ३ सय ६२ र बाँकेमा ३ सय २४ जनाले परिचय पत्र पाएका मुक्त कमलरी विकास मञ्च नेपालका अध्यक्ष सुनिता चौधरीले बताउनुभयो। 
बाँकेमा भने अहिलेसम्म एक जना पूर्व मुक्त कमलरीलाई पनि परिचय पत्र वितरण भएको छैन। ७ वर्ष अघि सरकारले कमलरी मुक्तिको घोषणा गर्दा उनीहरुको पूर्णरुपमा पुर्नस्थापना गर्ने पनि घोषणा गरेको थियो। तर अहिले भूमि, व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालय यस विषयमा बेखबर छ। तर कतिपय पूर्व मुक्त कमलरीले भने संघीय तथा प्रादेशिक संसदमा प्रतिनिधित्व समेत गरिसकेका छन्। तर उनीहरु त्यहाँ पुगेर मुक्त कमलरीको हक हितका लागि के गरे भन्ने प्रश्न कायमै छ। 

images

images
प्रकाशित मिति :मंसिर १७, २०७७ बुधवार - ११:२९:५५ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology