Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

फिस्लिङ–शक्तिखोर सडकमा मोटरसाईकल दुर्घटना अपडेट : पिडित परिवारलाई १८ लाख क्षतिपूर्ती दिने सहमती

फिस्लिङ–शक्तिखोर सडकमा मोटरसाईकल दुर्घटना अपडेट : पिडित परिवारलाई १८ लाख क्षतिपूर्ती दिने सहमती

इच्छाकामना न्युज

२९, फाल्गुण २०७८
फिस्लिङ–शक्तिखोर सडकमा मोटरसाईकल दुर्घटना अपडेट : पिडित परिवारलाई १८ लाख क्षतिपूर्ती दिने सहमती

चितवन, २९ फागुन । फिस्लिङ–शक्तिखोर सडक अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका २ रमाईलोडाँडामा भएको मोटरसाईकल दुर्घटनामा परि मृत्यु भएकाको पिडित परिवारलाई १८ लाख रुपैयाँ क्षतिपूर्ती दिने सहमती भएको छ। इलाका प्रहरी कार्यालय टाँडीमा पिडित पक्ष र सवारी साधनका धनी बिच शनिबार राति अबेरसम्म भएको छलफल पश्चात पिडित परिवारलाई १८ लाख रुपैयाँ क्षतिपूर्ती दिने सहमती भएको हो।

images

दुर्घटनाका पीडित पक्षले क्षतीपुर्तीको माग गर्दै शवको पोष्टमार्टम र शव बुझ्न अस्वीकार गरेका थिए। । तत्पश्चात क्षतीपुर्तीका लागि ठक्कर दिने सवारीका धनी अनिश कन्स्ट्रक्सनका प्रतिनिधी रोशन आचार्य र पिडित पक्षबिच छलफल गरेर शनिबार साँझ सहमती गरेको स्थानीय अन्जान गुरुङले जानकारी दिए। सहमती सँगै मृतकको शव पोष्टमार्टम गरी आजै परिवारले बुझि अन्तिम संस्कार गर्ने भएको छ।

शुक्रबार शक्तिखोर –फिस्लिङ सडकखण्ड अन्तरगत इच्छाकामना गा.पा. २ वल्र्याङबाट शक्तिखोर तर्फ जादैँ गरेको प्रदेश २–०३–००२ प ५९८६ नम्बरको मोटरसाइकललाई विपरित दिसाबाट आउदै गरेको ना १ क ८१०८ नम्बरको ट्याङ्कक र एकापसमा रमाइलो डाडाँमा ठोक्किदाँ मोटरसाइकलमा सवार इच्छाकामना ३ का ३० बर्षिय तृर्की गुरुङ र उनकी छोरा ५ बर्षिय आरोन गुरुङ र इच्छाकामना २ बस्ने बर्ष २४ को नविन गुरुङको मृत्यु भएका थियो। ठोक्किएपछि मोटरसाइकल सडकबाट ३०० मिटर तल खसेका थिए । उनिहरुको घटनास्थदमै मृत्यु भएका थियो।

अहिले टयाङकर र चालक रत्ननगर नगरपालिका ११ का सन्तराम दराईलाई प्रहरी नियन्त्रणमा छ ।

 

 

images
प्रकाशित मिति :फाल्गुण २९, २०७८ आइतवार - ०९:४३:२२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology