Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

कतार ओलम्पिक कमिटीका महासचिव आज नेपाल आउँदै  

कतार ओलम्पिक कमिटीका महासचिव आज नेपाल आउँदै  

इच्छाकामना न्युज

१७, मंसिर २०७७
कतार ओलम्पिक कमिटीका महासचिव आज नेपाल आउँदै  

काठमाण्डौ, १७ मंसिर । कतार ओलम्पिक कमिटीका महासचिव जसिम रसिद जेए अल्बुनइन नेपाल आउनुहुने भएको छ। नेपाल ओलम्पिक कमिटीका अनुसार महासचिव जसिम आज नेपाल आइपुग्नुहुनेछ। 
महासचिव जसिमसँगै कतारी ओलम्पिक कमिटीको प्रतिनिधि मण्डल पनि हुनेछ। कतारी प्रतिनिधि मण्डल एक दिने भ्रमणमा नेपाल आउन लागेको हो। भ्रमणको दौरान कतारी प्रतिनिधि मण्डलले नेपाली ओलम्पिक कमिटीका पदाधिकारीसँग भेट गर्ने छ। 
यस्तै प्रतिनिधि मण्डलले ललितपुरस्थिति सातदोबाटोमा रहेको नेपाल ओलम्पिक कमिटीको कार्यालयको पनि भ्रमण गर्नेछ। कतारको राजधानी दोहाले सन् २०३० को एसियाली खेलकुद आयोजनाका लागि आफ्नो दावेदारी पेस गर्दैछ। यसमा नेपालको सहयोग र समर्थनका लागि औपचारिक अनुरोध गर्न कतारी प्रतिनिधि मण्डल आज नेपाल आउन लागेको हो।

images

images
प्रकाशित मिति :मंसिर १७, २०७७ बुधवार - ११:३९:१९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology