Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

कांग्रेसको चुनाव लक्षित अभियान सुरु, कम्युनिष्टप्रति वितृष्णा बढेको नेताहरुको मूल्यांकन

कांग्रेसको चुनाव लक्षित अभियान सुरु, कम्युनिष्टप्रति वितृष्णा बढेको नेताहरुको मूल्यांकन

इच्छाकामना न्युज

२९, फाल्गुण २०७८
कांग्रेसको चुनाव लक्षित अभियान सुरु, कम्युनिष्टप्रति वितृष्णा बढेको नेताहरुको मूल्यांकन

ईश्वरी बराल, काठमाडौं, २९ फागुन । सत्तारुढ नेपाली कांग्रेसले आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गरी आजदेखि एक महिने अभियान सुरु गरेको छ । 

images

आगामी वैशाख ३० गते हुने स्थानीय तहको चुनावलाई लक्षित गरी ‘घर घर जाऔं, कांग्रेस जिताऔँ’ भन्ने नाराको साथ अभियान सुरु भएको हो । अभियानको लागि  कांग्रेसले ७७ वटै जिल्लामा केन्द्रीय सदस्य खटाएको छ । 
अभियानकै लागि बझाङ सदरमुकाम चैनपुरमा उद्घाटन कार्यक्रममा पुगेका कांग्रेस नेता रमेश लेखकले कार्यकर्तामा अत्यन्तै उत्साहा भेटेको बताएका छन् । 

कम्युनिष्टले अघिल्लो चुनावमा स्थिरता, विकास र आर्थिक सम्वृद्धिको नारा बाढेर व्यवहारमा नदेखाउँदा जनतामा निरासा मात्रै छाएकोले कांग्रेसमा आकर्षण बढेको नेता लेखकको भनाइ छ ।   

न्युज कारखानासँग कुरा गर्दै उनले ‘ भने बझाङमा कांग्रेसको पक्षमा माहोल छ । म एक दुई हप्ता यसै बसेर चुनावी अभियानमा सहभागी हुन्छु । गाउँघर,टोल र वडामा घुम्छु ।’ 

यस्तै आज कांग्रेस नेतृ लक्ष्मी परियार उदयपुर गाइघाटस्थित आफ्नै निर्वाचन क्षेत्रमा सहभागी भइन् । 
उनले पनि उद्घाटन कार्यक्रम अत्यन्तै उत्साहपूर्ण रहेको बताईन् । 

उनले भनिन् ‘कार्यक्रमको सुरुदेखि अन्त्यसम्म सवै कार्यकर्ता सहभागी भए । यो एक महिनाभित्र हामी प्रतिस्पर्धी दलसँग चुनावमा जित्नेगरी जान्छौं भन्ने छ । 

कम्युनिष्ट पार्टीका कार्यकर्ताले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे छरेको भ्रम झण्डै ५० प्रतिशत चिरिइसकेको अवस्था छ । ’

कार्यकर्ता खोज्न केहि ढिला गर्नुभयो भन्ने केहि गुनासो आएपनि कार्यकर्ता आक्रोसित नै चाहिँ भइनसकेको उनले बताईन् । 
अभियान अवधिभर कांग्रेसले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित गरिएको कारणबारे  प्रष्ट्याउनुको साथै संविधानको रक्षाको लागि कांग्रेसले निर्वाह गरेको भूमिकाको सन्दर्भमा जनतालाई प्रष्ट पार्ने लक्ष्य लिएको छ ।  

images
प्रकाशित मिति :फाल्गुण २९, २०७८ आइतवार - २२:१९:४७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology