Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

एन्फाले घरेलु फुटबलमा महिला लिगलाई प्राथमिकतामा राख्ने 

एन्फाले घरेलु फुटबलमा महिला लिगलाई प्राथमिकतामा राख्ने 

इच्छाकामना न्युज

१७, मंसिर २०७७
एन्फाले घरेलु फुटबलमा महिला लिगलाई प्राथमिकतामा राख्ने 

काठमाण्डौ, १७ मंसिर । अखिल नेपाल फुटबल संघ (एन्फा) ले घरेलु फुटबलमा महिलाको प्रतियोगितालाई प्राथमिकतामा राख्ने भएको छ। एन्फाले महिला फुटबललाई प्राथमिकतामा राख्दै विभिन्न योजनाहरु अघि बढाएको जनाएको छ।
जस अन्तर्गत एन्फाले माघ र फागुनमा महिला लिग सकाउने योजना बनाएको छ। गत चैतमा चलिरहेको ‘बी’ डिभिजन लिग र बाकी रहेको ‘सी’ डिभिजन लिगलाई मात्रै टुंग्याउने तयारी गरिरहेको एन्फाले चैतमै तय भएको महिला लिगलाई समेत प्राथमिकतामा राखेको हो। कोरोना महामारीपछि चैतबाट लकडाउन सुरुसँगै एन्फाले महिला लिगलाई स्थगित गरेको थियो। 
तर, लिगका लागि फाइनल चरणको छनोट बाहेक अन्य छनोट चैत अघि नै सकिएको थियो। फाइनल चरणका लागि वालिङ नगरपालिका, चन्द्रपुर नगरपालिका, विराटनगर महानगरपालिका र चौदण्डीगढी नगरपालिका छनोट भएका थिए। काठमाडौंमै गर्ने तयारी गरिएको फाइनल चरणमा तीन विभागीय क्लब एपीएफ, आर्मी र पुलिस समेत सहभागी हुने छन्। 
एन्फाले प्रतियोगिताको तयारी गर्न र प्रतियोगिताबारे जानकारी केहि दिनमै सहभागी टिमलाई पत्र पठाउने तयारी गरेको जानकारी दिएको छ। एन्फाले सहभागी ४ टिमको जवाफ आएपछि लिगको मिति घोषणा गर्नेछ। गत वर्षको मंसिरमा पोखरामा आयोजना भएको १३ औं दक्षिण एसियाली प्रतियोगिता (साग) यता महिला टिमले अन्तराष्ट्रिय खेलमा सहभागीता जनाउन पाएका छैनन्। 

images

images
प्रकाशित मिति :मंसिर १७, २०७७ बुधवार - ११:४१:०८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology