Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

जापानमा सबैले कोरोना भाइरस विरुद्धको खोप निःशुल्क लगाउन पाउने 

जापानमा सबैले कोरोना भाइरस विरुद्धको खोप निःशुल्क लगाउन पाउने 

एजेन्सी

१८, मंसिर २०७७
जापानमा सबैले कोरोना भाइरस विरुद्धको खोप निःशुल्क लगाउन पाउने 
images

काठमाण्डौं, १८ मंसिर
जापानमा बस्ने सबैलाई सरकारले कोरोनाभाइरस विरुद्धको खोप निःशुल्क लगाइदिने भएको छ । दैनिक रुपमा कोरोनाभाइरसबाट सङ्क्रमितहरु भेटिइरहेका बेला जापानको संसदले हिजो (बुधबार) एउटा कानुन नै पारित गरेर सबैलाई निःशुल्क खोप दिने व्यवस्था गरेको हो । 
नयाँ कानुन अनुसार १२ करोड ६० लाख मानिसलाई कोरोना विरुद्धको खोप लगाउनका लागि दुवै सदनबाट बजेट समेत पारित गरिएको छ । सरकारले ६ करोड मानिसका लागि औषधी उत्पादक संस्था फाइजरबाट खोप ल्याउने सुनिश्चित गरिसकेको र बाँकी दुई करोड ५० लाख मानिसका लागि अमेरिकी बायोटेक फर्म मोडर्नासँग सम्झौता गरेको जापान सरकारले जनाएको छ । 
त्यसैगरी १२ करोड मानिसलाई पुग्नेगरी अस्ट्राजेनिकाको खोप ल्याउने तयारी भएको अधिकारीहरुले जनाएका छन् । जापानका प्रधानमन्त्रीले कोरोनाभाइरसको महामारी नियन्त्रणका लागि सरकार अत्यधिक संवेदनशील रहेको बताएको दुई हप्तापछि संसदबाट यस्तो कानुन पारित भएको हो।

images
images

images
प्रकाशित मिति :मंसिर १८, २०७७ बिहिवार - ०८:४९:४५ बजे

एजेन्सी

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology