Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

पानी अभावका कारण मलेखुको ३ हजार हेक्टर खेतको धानमा बाला नै लागेन

पानी अभावका कारण मलेखुको ३ हजार हेक्टर खेतको धानमा बाला नै लागेन

इच्छाकामना न्युज

१८, मंसिर २०७७
पानी अभावका कारण मलेखुको ३ हजार हेक्टर खेतको धानमा बाला नै लागेन
images

मलेखु,१८ धादिङ
धादिङको बेनीघाट रोराङ गाउँपालिका ३ स्थित मलेखु रिचोकटारका किसानले लगाएको धानमा बाला नै लागेको छैन्। कुनै–कुनै किसानले मात्रै हैन रिचोकटारका सबै किसानको गरेर करिव ३ हजार हेक्टरमा लगाईएको धानको बाला नै नलागेको हो।
बिऊ गलत परेर बाला नलागेका खवरहरु त धेरै आउने गरेका थिए, तर रिचोकटारका किसानका भने धान रोपे पछि सिचाई नहरमा पहिरोले क्ष्यति पुर्याएछि पानी लगाउन नपाएर रोपो नै सुकेकोले धान बाला लाग्ने अवस्थामा समेत पुग्न नसकेको स्थानीय विद्या सागर कंडेल बताउनु भयो।
योजना आयोगका उपाध्यक्ष डा. पुष्प कडेल, भुमि त्रिपाठी, मिनराज कडेल लगायतका नेताहरु जन्मिएका उर्वभरभुमि यस मलेखु रिचोकटारमा सिंचाई आयोजना २०४९ सालमा सुरु भएपनि ०६५ मा रिचोकटारबासीले पानीको उपयोग गर्न पाएका हुन्। तर यस रिचोकटार सिन्चाई आयोजनाको कतिपय कामले अझै पूर्णता पाउन बाँकी रहेको स्थानीयहरु बताउँछन्।
यो वर्षको वाढी पहिरोमा रिचोकटार सिन्चाईको नहर पनि पर्यो । मर्मतमा कसैले चासो देखाएनन् । पानी अभाव भयो, जसका कारण ३ हजार हेक्टरमा लगाईएको धानको बाला नै लाग्न नसकेको हो।

images
images

images
प्रकाशित मिति :मंसिर १८, २०७७ बिहिवार - ०९:११:११ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology