गोरखा, १८ मंसिर
गोरखामा आफ्नै बाबुको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। जिल्लाको सिरानचोक गाउँपालिका वडा नं –८ धन्सार बस्ने ४० वर्षीय भुवन ढकाललाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार सोही गाउँपालिका –८ धापेस्थित खेतमा धान झाट्ने क्रममा झगडा हुँदा भुवनले आफ्नै ७० वर्षीय बुवा तुलाराम ढकाललाई लाठीले हानेर गम्भीर घाइते बनाएका थिए ।
घाइते बुवालाई तत्काल उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र जौबारीमा लगिएकोमा उनको उपचारकै क्रममा मृत्यु भएको थियो । घटनाको जानकारी लगत्तै जौबारीबाट खटिएको प्रहरीको टोलीले छोरा भुवनलाई पक्राउ गरेको छ ।
पक्राउ परेका उनीमाथि आवश्यक कारवाही प्रक्रिया अगाडी बढाइएको प्रहरीले जानकारी दिएको छ ।