Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

शहिद लखन गापाद्वारा एकल महिलाहरुका लागि वित्तीय साक्षरता सम्बन्धी अभिमूखीकरण कार्यक्रम आयोजना

शहिद लखन गापाद्वारा एकल महिलाहरुका लागि वित्तीय साक्षरता सम्बन्धी अभिमूखीकरण कार्यक्रम आयोजना

इच्छाकामना न्युज

२, चैत्र २०७८
शहिद लखन गापाद्वारा एकल महिलाहरुका लागि वित्तीय साक्षरता सम्बन्धी अभिमूखीकरण कार्यक्रम आयोजना

घैरुङ, २ चैत । गोरखाको शहिद लखन गाउँपालिकाले एकल महिलाहरुको लागि एक दिने वित्तिय साक्षरता सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ। आज बुधबारका दिन गाउँपालिकाको वडा नं. २ र ३ का एकल महिलाहरुका गाउँपालिकाले वित्तीय साक्षरता सम्बन्धी अभिमूखीकरण कार्यक्रम आयोजना गरेको हो।

images

वडा नं. २ का वडाअध्यक्ष अचल बाबु थापा मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिको रुपमा गाउँपालिकाका उपाध्यक्ष इन्दिरा तिवारी उपस्थित भएका थिए। कार्यक्रममा गाउँ कार्यपालिका सदस्य सकुन थापा मगर, कल्पना बयलकोटी तथा रुक्मणी गूरुङको समेत सहभागिता रहेको थियो ।

1647433833685.jpg

कार्यक्रममा वडा नं. २ र ३ का करिब ४० जना एकल महिलाहरुको सहभागिता रहेको थियो भने कार्यक्रमको सहजकर्ताको रुपमा मनकामना साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष कृष्ण बाबु श्रेष्ठले एकल महिलाका लागि आयआर्जनका विविध पाटाहरु बारेमा सहजिकरण गरेका थिए। साथै, गाउँपालिका कार्यालयका प्रशासन शाखा प्रमुख श्री हिमलाल चापागाईले वित्तीय साक्षरताका आयामहरुका बारेमा प्रष्ट पार्दै एकल महिलाहरुका लागि आय आर्जन, रोजगारी प्रर्वद्धन तथा स्वावलम्बनको विकासको लागि गाउँपालिकाको प्रयास तथा सम्भावना विषयमा सहजिकरण गरेका थिए। 

images
प्रकाशित मिति :चैत्र २, २०७८ बुधवार - २०:५६:४४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology