Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

अंश लिएर सम्बन्धविच्छेद गरेका महिलाले पुनः विवाह गरे पूर्व श्रीमान्लाई अंश फिर्ता गर्नुपर्ने

अंश लिएर सम्बन्धविच्छेद गरेका महिलाले पुनः विवाह गरे पूर्व श्रीमान्लाई अंश फिर्ता गर्नुपर्ने

इच्छाकामना न्युज

४, चैत्र २०७८
अंश लिएर सम्बन्धविच्छेद गरेका महिलाले पुनः विवाह गरे पूर्व श्रीमान्लाई अंश फिर्ता गर्नुपर्ने
images

काठमाण्डौ, ४ चैत । श्रीमानसँग अंश लिएर सम्बन्धविच्छेद गर्ने कुनै पनि महिलाले अब अर्को पुरुषसँग विवाह गरे पहिले लिएको अंश फिर्ता गर्नुपर्ने नयाँ कानुन बन्न लागेको छ ।

images
images

मुलुकी देवानी संहितालाई संशोधन गर्न बनेको विधेयकको मस्यौदामा उक्त प्रावधान राख्न लागिएको हो । नेपाल कानुन आयोगले संहिताको विधेयक मस्यौदामा उक्त प्रस्ताव गरेको छ ।

नयाँ कानुन जारी भएपछि महिलामा अंश लिने र पारपाचुके गरेर नयाँ पुरुषसँग सम्बन्ध गाँस्ने प्रवृत्ति बढ्दै गएपछि सामाजिक मूल्य र मान्यतालाई ध्यानमा राखेर उक्त नयाँ व्यवस्था गर्न लागिएको जनाइएको छ ।

अर्को विवाह गरेपछि नयाँ पतिबाट अंशको हक स्थापित हुने भन्दै पूर्वपतिबाट पाएको सम्पत्ति फिर्ताको प्रस्ताव गरिएको हो ।

सम्पत्तिमाथि आँखा लगाउने,सामाजिक मूल्य र मान्यतालाई कुल्चिने प्रवृत्ति नयाँ पुस्तामा अधिक देखियो । कतिपय महिलाले दुई वा तीन जनासँगसम्म विवाह गर्दै अंश लिँदै सम्पत्तिको मालिक बनेर देखाउने होडबाजी बढेकाले राज्यले त्यसतर्फ ध्यान दिन परेको आयोग स्रोतले जनाएको छ।

आयोगको प्रस्तावित मस्यौदा अब कानुन मन्त्रालयमा पठाउने तयारी गरिएको छ । त्यसपछि संसदीय समितिमा छलफल हुने छ । संहिताको दफा १०३ मा खण्ड (क) थपेर नयाँ व्यवस्था गर्न लागिएको हो । नयाँ व्यवस्था थप गर्नुपर्नाको औचित्य पुष्टि गर्दै आयोगका एक जना अधिकारीले भने, ‘महिलाले डिभोर्स गरेर अंशसमेत लिएपछि अर्को विवाह गरेमा त्यस्तो अवस्थामा नयाँ पतिबाट अंशको हक स्थापित हुन्छ । त्यसैले अघिल्लो पतिबाट पाएको सम्पत्ति फिर्ताको प्रस्ताव गरिएको हो ।’

प्रस्तावबमोजिम कानुन संशोधन भएमा अघिल्लो पतितर्फका छोराछोरी नभएमा अंशियार अर्थात् पूर्व पतिले नै अंश फिर्ता पाउने छन् । त्यसैगरी सगोलको सम्पत्ति लिएर छुट्टिएकी महिलालेसमेत अर्को पुरुषसँग विवाह गरेमा त्यस्तो अवस्थामा पनि पहिलेको सम्पत्ति फिर्ता गर्नुपर्ने छ । त्यसैगरी कुनै पनि परिवारको पैतृक सम्पत्तिमा छोरा र छोरी दुवैतर्फका नाति वा नातिनीलाई समान हकको व्यवस्था गरिएको छ । अहिलेसम्म छोरातर्फका सन्तानलाई मात्र पैतृक सम्पत्तिमाथि अधिकार हुने व्यवस्था छ ।

images
प्रकाशित मिति :चैत्र ४, २०७८ शुक्रवार - ०८:५०:४१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology