Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

स्थानीय तहको निर्वाचनमा तालमेलको जिम्मा स्थानीय तहलाई दिन एमालेको निर्णय

स्थानीय तहको निर्वाचनमा तालमेलको जिम्मा स्थानीय तहलाई दिन एमालेको निर्णय

इच्छाकामना न्युज

११, चैत्र २०७८
स्थानीय तहको निर्वाचनमा तालमेलको जिम्मा स्थानीय तहलाई दिन एमालेको निर्णय
images

काठमाडौं, ११ चैत । प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले आगामी स्थानीय तह निर्वाचनका लागि चैत मसान्तभित्र उम्मेदवार सिफारिस गर्न निर्देशन दिएको छ । साथै तालमेलको जिम्मा गर्ने अधिकारसमेत स्थानीय कमिटीलाई दिइएको छ ।

images
images

बिहीबार काठमाडौंमा सम्पन्न केन्द्रीय कमिटी बैठकले स्थानीय तहका कमिटीलाई चैत मसान्तभित्रमा उम्मेदवारको सिफारिस गर्न निर्देशन दिएको हो । ३० वैशाखमा हुन गइरहेको स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले निर्वाचन कार्यक्रम सार्वजनिक गरिसकेको छ ।

एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार सम्बन्धित कमिटीले एक महिलासहित तीन जना प्रत्यासीको नाम सिफारिस गरी माथिलो कमिटीमा पेस गर्नुपर्नेछ । यसरी सिफारिस भई आएको प्रत्यासीको नाममा माथिलो कमिटीले टंगो लगाउनेछ ।

उम्मेदवार सिफारिस गर्न वडाध्यक्षको हकमा वडा कमिटीको सिफारिस, नगर वा गाउँ कमिटीको सिफारिस र जिल्ला कमिटीले निर्णय गर्ने, गाउँपालिकाको अध्यक्ष÷उपाध्यक्ष तथा नगरपालिकाको प्रमुख(उपप्रमुखको हकमा गाउँ÷नगर कमिटीको सिफारिस र जिल्ला कमिटीको सिफारिसको आधारमा प्रदेश कमिटीबाट निर्णय गर्ने र उपमहानगर( महानगरकमिटीको हकमा सम्बन्धित कमिटीहरूको सिफारिसमा जिल्ला र प्रदेश कमिटीको सिफारिसमा केन्द्रीय कमिटीले निर्णय गर्ने उपप्रमुख रिजालले बताए ।

बैठकले उम्मेदवार सिफारिस र चयनबारे ६ वटा प्रारम्भिक मापदण्ड तय गरेको छ । उम्मेदवार सिफारिस गर्दा यी मापदण्ड अनिवार्य रूपमा लागू गर्नुपर्नेहुन्छ । पार्टीको मापदण्डलाई ध्यान दिँदै उम्मेदवारको सिफारिस गर्दा सन्तुलन र समावेशी हुने गरी सिफारिस गर्नुपर्नेहुन्छ ।

उपप्रमुख रिजालका अनुसार एमालेबाट स्थानीय तहको उम्मेदवार हुन पार्टी नीति र कार्यक्रमप्रति प्रतिबद्धता भएको हुनुपर्ने, निर्वाचित प्रतिनिधिको कामको मूल्यांकनको आधार लिनुपर्ने, व्यक्तिगत लोकप्रियता र विजयको सुनिश्चितता देखिनुपर्ने, आन्दोलनमा योगदान र पार्टीप्रतिको निष्ठा कायम राखिरहेको हुनुपर्ने, कार्यक्षमता, एवं सुशासन र विकासप्रतिको दृष्टिकोण भएकाले मात्र उम्मेदवार हुन पाउनेगरी मापदण्ड तय भएको छ ।

यसैगरी, बैठकले ११ सदस्यीय स्थानीय तह निर्वाचन घोषणापत्र तयारी समिति गठन गरेको छ । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको संयोजकत्वमा घोषणापत्र तयारी समिति बनाउने निर्णय भएको छ ।

सो समितिमा नेताहरू युवराज ज्ञवाली, प्रदीप ज्ञवाली, विष्णु रिमाल, प्रभु साह, देवेन्द्र दाहाल, मनोजजंग थापा, युवराज खतिवडा, प्रभा बराल, दिनेशचन्द्र देवकोटा, सुशील ज्ञवाली रहेका छन् ।

यो समितिले स्थानीय तह निर्वाचन घोषणापत्र तयार गरिसकेपछि आगामी वैशाख ९ गते सार्वजनिक गरिनेछ । साथै स्थानीय तहमा उम्मेदवारले समेत आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गर्न सक्ने रिजालले बताए ।

यसैगरी, बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन परिमार्जनसहित पारित गर्दै विभाग गठन, बाँकी रहेका नेताहरूको जिम्मेवारीसमेत टुंगो लगाएको छ ।

बैठकपछि वरिष्ठ उपाध्यक्ष पोखरेलले निर्वाचनमा केन्द्रबाट कुनै किसिमको गठबन्धन नहुने स्पष्ट पारेका छन् । यद्यपि आवश्यक्ताअनुसार स्थानीय तहले आफ्नो माथिलो कमिटीको अनुमति लिएर गठबन्धन गर्न पाउने अधिकार बैठकले दिएको छ ।

सत्तारूढ गठबन्धनप्रति संकेत गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले आफ्नो खुट्टामाथि भरोसा नहुनेहरूले मात्रै निर्वाचनमा गठबन्धन गर्ने तर्क गरे । उनले भने, ‘हामीले प्रस्टैसँग भनेका छौं, हामीहरू निर्वाचनलाई ध्यानमा राखेर कुनै गठबन्धन बनाउँदैनौं । हामी हाम्रो खुट्टामाथि विश्वास गर्छौं । जुन खुट्टाले भुइँ टेकेको छ ।’

गठबन्धन र तालमेलका लागि केन्द्रबाट कुनै निर्णय नहुने बताएका पोखरेलले स्थानीय पार्टी कमिटीले भने आवश्यकताका आधारमा तालमेलको निर्णय गर्न सक्ने बताए ।

‘निर्वाचनमा कतिपय ठाउँमा स्थानीय आवश्यकताका आधारमा सिट एरेजमेन्ट हुन सक्छ । त्यो अलग कुरा भयो । त्यो चाहिँ स्थानीय पार्टीले के ठान्छ, स्थानीय साथीहरूले के ठान्नु हुन्छ रु त्यस आधारमा हुन्छ । तर, केन्द्रबाट हामी कुनै गठबन्धन बनाउँदैनौं । गठबन्धन बन्दैन, गठबन्धन बनाउँदैनौं,’ पोखरेलले भने ।

स्थानीय तह निर्वाचनमा जित्ने र टिक्ने कार्यकर्ताहरूलाई उम्मेदवार बनाउने मापदण्ड पनि केन्द्रीय कमिटीले तय गरेको पोखरेलले जानकारी दिए । समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।

images
प्रकाशित मिति :चैत्र ११, २०७८ शुक्रवार - ०७:२८:१० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology